जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

नवलपुर टुडे
२०८२ माघ ७ | मध्यान्ह ०३:१० बजे

रुकुम पूर्व, माघ ७। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक दाहालले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै यहाँका सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गर्नुभएको थियो ।


















