निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरा प्रतिनिधिसभा सदस्यमा ८ जनाको उम्मेदवार मनाेनय दर्ता

उमेश रोकाया
२०८२ माघ ६ | मध्यान्ह ०६:१० बजे

‎बाजुरा , माघ ६ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा स्वतन्त्रसहित ८ जनाले मनाेनय दर्ता गराएका छन् । मङ्गलवार सदरमुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा एक स्वतन्त्र र ७ दलका उम्मेदवारहरुले मनाेनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार  ताेकिएकाे समयभित्र आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापाले मनाेनय दर्ता गराएका छन् ।

‎त्यस्तै प्रगतिशिल लाेकतान्त्रिक पार्टीबाट दिपक कुमार डि.सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा,  नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वारले मनाेनयन दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत सञ्जीव पाेखरेलले बताए । त्यस्तै उनले सम्पूर्ण उम्मेदवार तथा दलहरुलाई आगामी निर्वाचन शान्त र स्वच्छ तवरले सम्पन्न गर्नका लागि सहयाेगका लागि पनि अनुराेध गरेका छन् ।

कमेन्टहरु