राजनीति

राष्ट्रिय सम्पत्तिहरु माँसेर ध्वस्त बनाएर जन्मिएको सरकार हाे : विद्यार्थी स्वयंसेवक नेपाल

नवलपुर टुडे
२०८२ माघ ५ | मध्यान्ह ०६:१० बजे

काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालले भन्यो `अहिलेको सरकार जनपक्षीय नागरिकको सरकार नभएर हाम्रा राष्ट्रिय सम्पत्तिहरु भाषा, शिक्षा, कला, संस्कृति, उत्पादन, आम्दानि र ऐतिहासिक सम्पदाहरु माँसेर ध्वस्त बनाएर, जेलका कुख्यात अपराधीहरुलाई भगाएर हत्या, हिंसा र बलत्कार जस्ता कुकर्महरु गर्न लगाएर, युवा, विद्यार्थी, बालबालिका र नागरिकहरुलाई अति पिडा दिएर जन्मिएको विदेशीहरुको कठपुतली सरकार हो। सुशासनको खिल्ली उडाउदै जघन्य अपराधहरुमा संलग्न कुख्यात अपराधीहरुलाई आम माफि दिदै आईरहेको छ, उन्मुक्ति दिईरहेको छ, हाम्रा राष्ट्रिय सम्पत्तिहरु भाषा, शिक्षा, कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादन, आम्दानि, पहिचान र चिनारीहरु ध्वस्त पारिएको छ, जनदमन तिर उद्धृत छ, धरपकड तिर तल्लीन छ, झुठो मुद्दा लगाउदै नागरिक आँतक मच्चाउदै छ। यस्तो अवस्थामा यस्तो सरकारले गर्ने चुनावले के हामी आम नागरिकहरुका माग सम्बोधन गर्लान् त ? अहँ कदापि गर्न सक्दैन् । तसर्थ यो चुनावलाई अस्वीकार गर्दै चुनाव (Election) होईन् सर्वपक्षीय चयन (Slection) गरेर जनताको जनप्रतिनिधि सभा स्थापना गर्दै जनताको जनसरकार मार्फत शिक्षा, स्वास्थ्य, आवास, रोजगार, खेलकुद र मनोरन्जनहरु निशुल्क रुपमा प्रदान गर्ने बाटोमा अघि बढ्न समेत अपिल गर्दछौं, उक्त जनताको जनसरकारले नै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्नेछ। यहाँ एजेन्डालाई आत्मसाथ गर्दै देश र जनताको निमित्त भनेर अहिलेसम्म सहादत प्राप्त गर्नुभएका विभिन्न वर्ग समुदायहरुका ती महान सहिद, वेपत्ता योद्धा, घाइते/अपांगहरुको सपना पुरा गर्न भ्रममा परिरहनु भएका हाम्मा युवा-विद्यार्थी सहित सम्पूर्ण उम्मेदवारहरुलाई चुनाव अस्वीकार गर्दै उम्मेदवारीबाट फिर्ता गर्न आग्रह गर्दछौं। अब देश र जनताको पक्षमा यस कठपुतली सरकारको चुनावलाई अस्वीकार गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षाको निमित्त अघि बढ्न हार्दिक आह्वान गर्दछौं ।´ उसले जारी गरेको विज्ञप्ति :
`चुनाव अस्वीकार गर्दै उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछौं ।

यतिबेला हामी गम्भीर मोडमा आई पुगेका छौं, सरकारलाई बेला बेला बुझाएका ध्यानाकर्षण पत्र, मागपत्र र ज्ञापनपत्रहरु बारे सरकारले सुनिरहेको छैन्, पुरा गरेको छैन् । देशको मुख्य मेरुदण्ड उत्पादनको केन्द्र, राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान र चिनारी दिलाउने ठाउँ र नागरिकलाई उच्च नैतिकता सिकाउने थलो नै शिक्षा हो। यस्तो महत्वपूर्ण र संवेदनशील विषय शिक्षालाई राज्यले जिम्मेवारीबोध नगर्नु हाम्रा लागी पिडादायी मात्रै होईन् घृणा र आक्रोश पैदा गराउछ र विष्फोट हुन बाध्य बनाउछ। हामीले शिक्षा देशको प्रत्येक कुनाकाप्चामा पुग्ने गरि सरकार सँग माग गर्दै स्थापनाकाल देखि उच्च माध्यमिक तह सम्मको समान प्राविधिक र व्यवसायीक शिक्षा अनिवार्य निशुल्कका लागि संघर्ष गर्दै आईरहेका छौं, जसले राष्ट्रको विकासमा मुख्य भुमिका खेलि नेतृत्व गर्न ईन्जिनियर, डाक्टर, पाईलट, वैज्ञानिक र प्राविधिक सहित उच्च दक्ष जनशक्ति निर्माण गर्दछ। राष्ट्रियता हाम्रो पहिचान र चिनारी भएकोले हामी अग्रजहरूले राष्ट्रनिर्माण र रक्षाका निमित्त प्रदर्शन गर्नु भएको त्याग, समर्पण, बलिदान, विरता र बहादुरीपन सहित स्वाधीनताको लडाइँको नेतृत्वकर्ताहरु भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापा लगायत र गौतम बुद्ध, अंशु बर्मा, सिता, पासाङ ल्हामु शेर्पा, शत् धर साख्वाः, फाल्गुनन्द र जयपृथ्वीबहादुर सिंहहरूले निर्माण गर्नु भएको स्वाभिमानी नेपाली भाषा र शिक्षा, उत्पादन र आम्दानी, इतिहास र संस्कृति लडेर बनाएको मातृभूमिको रक्षा गर्दै राष्ट्रियताको रक्षाका निमित्त निरन्तर संघर्षरत छौं, राष्ट्रियता हाम्रा अग्रजहरुको त्याग, समर्पण, बलिदान, विरता र बहादुरीले निर्माण भएको भाषा, शिक्षा, कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादन र आम्दानि हुन्। हामीलाई यसले नै राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न र पहिचान दिलाउन मुख्य भुमिका खेल्दछ। माथि उल्लेखित दुईवटै कुराले नागरिकको नैतिकतालाई दर्शाउछ। उसले शिक्षा कस्तो लिएको छ ?, उसले के काम सिकेको छ ?, कस्तो समाजमा हुर्केको छ ?, उ केमा सक्षम छ? उसको रहनसहन कस्तो छ ? भन्ने कुराले उसको अनुशासनलाई दर्शाउछ, नैतिकतालाई दर्शाउछ, पहिचानलाई झल्काउछ र उसको चिनारीलाई उजागर गर्दछ तसर्थ हामीले सिक्ने शिक्षा नै राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा नैतिकवान पाठ बन्नेछ।IMG 20260119 WA0027 1

हाम्रा यी मान्यताहरुलाई संरक्षण गर्ने, विकास गर्ने, प्रबर्द्धन गर्ने, प्रचारप्रसार गर्ने र नागरिकलाई सु-सम्पन्न, कर्मठयोग्य र निष्ठावान बनाउने अभिभावक भनेको सरकार हो। महत्वपूर्ण संवेदनशील बिषयहरु राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई पुरा गर्ने दायित्व पनि सरकारको हो। तर सरकारहरु अहिले सम्म राष्ट्रघात, जनघात, कुशासन र भ्रष्टाचारमा तल्लीन छन्, प्रत्येक पटक बनेका सरकारहरुले राष्ट्रियता माथि प्रहार गर्दै विदेशीहरुको ईसारामा राष्ट्रघात गरिरहेका छन्, अहिलेको सरकार पनि जनपक्षीय नागरिकको सरकार नभएर हाम्रा राष्ट्रिय सम्पत्तिहरु भाषा, शिक्षा, कला, संस्कृति, उत्पादन, आम्दानि र ऐतिहासिक सम्पदाहरु माँसेर ध्वस्त बनाएर, जेलका कुख्यात अपराधीहरुलाई भगाएर हत्या, हिंसा र बलत्कार जस्ता कुकर्महरु गर्न लगाएर, युवा, विद्यार्थी, बालबालिका र नागरिकहरुलाई अति पिडा दिएर जन्मिएको विदेशीहरुको कठपुतली सरकार हो। अहिलेसम्मका सरकारहरुले नागरिकहरुलाई बारम्बार धोका दिदै जनघात गरिरहेका छन्, जनजिविकालाई तहसनहस बनाउदै कुशासनको बाटोमा तल्लीन हुदै भ्रष्टाचार गर्दै उल्टै पद, पावर, परिवार र पैसाको आडमा सिण्डिगेट खडा गरेर हत्या, दमन, बलत्कार, छुवाछूत र निषेधाज्ञा जारी गरिरहेको छ। सुशासनको खिल्ली उडाउदै जघन्य अपराधहरुमा संलग्न कुख्यात अपराधीहरुलाई आम माफि दिदै आईरहेको छ, उन्मुक्ति दिईरहेको छ, हाम्रा राष्ट्रिय सम्पत्तिहरु भाषा, शिक्षा, कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादन, आम्दानि, पहिचान र चिनारीहरु ध्वस्त पारिएको छ, जल, जङ्गल, जमिन र पानी बेचिएको छ, हाम्म्रा उत्पादित दक्ष युवा जनशक्तिहरु पलायन गरिएको छ, युवा-विद्यार्थीहरुलाई विदेशमा बेचिएको छ, महिला दिदीबहिनीहरुलाई नियन्त्रणमा लिई हिंसा, बलत्कार, हत्या गर्दै बेचेका छन्, मानव तस्कर गरिरहेका छन्, किसान, मजदुर र सुकुम्बासीहरुलाई वित्तीय ऑतक थोपरेर प्रताडित पार्दै जीवन-मरणको दोसाधमा पुऱ्याइएको छ। यी सबै कहालीलाग्दा परीदृश्यले हाम्रो मन सुखले निदाउन सकेको छैन् र निदाउन दिएको छैन् र सरकारलाई पटकपटक हामीले ध्यानाकर्षण पत्र, मागपत्र र ज्ञापनपत्र मार्फत संम्बोधन गर्न अनुरोध गर्यो र अहिलेसम्म गरिरहेका छौं तर सरकार सुनेको नसुने गरेर जनदमन तिर उद्धृत छ, धरपकड तिर तल्लीन छ, झुठो मुद्दा लगाउदै नागरिक आँतक मच्चाउदै छ। यस्तो अवस्थामा यस्तो सरकारले गर्ने चुनावले के हामी आम नागरिकहरुका माग सम्बोधन गर्लान् त ? अहँ कदापि गर्न सक्दैन् । तसर्थ यो चुनावलाई अस्वीकार गर्दै चुनाव (Election) होईन् सर्वपक्षीय चयन (Slection) गरेर जनताको जनप्रतिनिधि सभा स्थापना गर्दै जनताको जनसरकार मार्फत शिक्षा, स्वास्थ्य, आवास, रोजगार, खेलकुद र मनोरन्जनहरु निशुल्क रुपमा प्रदान गर्ने बाटोमा अघि बढ्न समेत अपिल गर्दछौं, उक्त जनताको जनसरकारले नै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्नेछ। यहाँ एजेन्डालाई आत्मसाथ गर्दै देश र जनताको निमित्त भनेर अहिलेसम्म सहादत प्राप्त गर्नुभएका विभिन्न वर्ग समुदायहरुका ती महान सहिद, वेपत्ता योद्धा, घाइते/अपांगहरुको सपना पुरा गर्न भ्रममा परिरहनु भएका हाम्मा युवा-विद्यार्थी सहित सम्पूर्ण उम्मेदवारहरुलाई चुनाव अस्वीकार गर्दै उम्मेदवारीबाट फिर्ता गर्न आग्रह गर्दछौं। अब देश र जनताको पक्षमा यस कठपुतली सरकारको चुनावलाई अस्वीकार गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षाको निमित्त अघि बढ्न हार्दिक आह्वान गर्दछौं ।
मिति २०८२/१०/०५ गते
मुक्ति गैरे
संयोजक´

कमेन्टहरु