निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेस बाजुराबाट जनक गिरी चुनाव लड्ने

उमेश रोकाया
२०८२ माघ ५ | मध्यान्ह ०४:१० बजे

‎बाजुरा , माघ ५ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा जनक गिरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले सोमवार बाजुराबाट चुनाव लड्न नेता गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत हुन् । यसअघि कांग्रेस जिल्ला कार्य समितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो ।

‎अहिले पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले बाजुराबाट चुनाव लड्न सहज रुपमा टिकट पाएको जनाएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा रहेका नेता गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।

कमेन्टहरु