देश

झापाको क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार अभय राजवंशीको चुनावी यात्रा

कबिराज राजबंशी
२०८२ माघ ५ | मध्यान्ह ०३:१० बजे

FB IMG 1768814007046

कोचिला गाभुर फ्रन्टका संस्थापक, भाक्का दिवसका प्रवर्तक र राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष बरुन ‘अभय’ राजवंशी झापाको क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रने भएका छन्।

 

अभय राजवंशी विगत केही दशकदेखि शिक्षण पेशामा रहँदै समाज सेवा र जनकल्याणमा सक्रिय छन्। उनी केवल समाजका नेतृत्वकर्ता मात्र होइनन्, आम जनताको आवाजलाई राजनीतिक मञ्चसम्म पुर्याउने प्रतिनिधि पनि हुन्। राजवंशी समाज र स्थानीय समुदायमा भएका पुराना समस्या समाधान गर्न, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय प्रवर्द्धन गर्न उनले आफ्नो जीवन समर्पित गरेका छन्।

 

राजवंशीले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “राजनीति केवल सत्ता र पार्टीको लागि होइन, जनताको हकहित र सामाजिक न्यायको लागि हो। हामीले पुराना बाध्यता र असन्तुष्टिमा फस्दा समाज अघि बढ्न सकेको छैन। फागुन २१ गतेको चुनावमा म स्वतन्त्र उम्मेदवारका रूपमा नयाँ विकल्प प्रस्तुत गर्दैछु।”

 

उनी आगामी केही दिनमा आफ्नो चुनाव चिन्ह सार्वजनिक गर्ने तयारीमा छन् र जनताको साथ र विश्वासमा भारी मतान्तरले विजयी हुने आत्मविश्वास व्यक्त गरेका छन्। अभयले मतदातालाई “एक चोटि नयाँ सोचका लागि भोट दिनुहोस्” भनी अपील पनि गरेका छन्।

 

उनको उम्मेदवारीले झापाका क्षेत्र नं ३ का नागरिकहरूलाई पुराना राजनीतिक विकल्प बाहिर गएर स्वतन्त्र र नया सोचको नेतृत्व चयन गर्ने अवसर दिने विश्वास गरिएको छ ।

कमेन्टहरु