विद्यार्थी स्वयंसेवक नेपाल सहित १६ विद्यार्थी संगठनले माग्याे महान्यायाधिवक्ताकाे राजिनामा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको गैरकानूनी निर्णयको संयुक्त विद्यार्थी संगठनको तर्फबाट घोर विरोध गर्दै महान्यायधिवक्ता सविता भण्डारीकाे राजीनामा माग गरेको छ । संयुक्त बिद्यार्थी संगठनकाे विज्ञप्ति जस्ताको त्यस्तै :
`संयुक्त प्रेस वक्तव्य
मिति : २०८२/१०/०४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको गैरकानूनी निर्णयको संयुक्त विद्यार्थी संगठनको तर्फबाट घोर विरोध गर्दछौ। विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रास्वपा सभापति लामिछाने, छविलाल जोशी र जीबी राईसहितका व्यक्तिहरूलाई उन्मुक्ति दिने जुन निर्णय गरिएको छ त्यो सर्वोच्च अदालतको नजिर विपरीत एवम् राज्यसत्ता र कानूनको चरम दुरूपयोग भएको ठहर्छ । देशको अन्तर्राष्ट्रिय छविलाई थप धुमिल पार्ने गरी सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर वित्तीय अपराधका अभियुक्तलाई उन्मुक्ति दिन सरकार अग्रसर बनेको छ । रवि सहितका व्यक्तिहरुको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन तथा अनुसन्धानको माग गर्दछौ ।
संयुक्त विद्यार्थी संगठनहरू मुख्यतया २०४६ यताका सबै उच्चपदस्थ कर्मचारीहरु र सार्वजनिक पदमा नेतृत्व गरेका सबै राजनीतिक दलका व्यक्तिहरूको सम्पत्ति छानबिन र भ्रष्टाचारीहरुलाई कार्वाहीका लागि उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछौ। अपराधको प्रोत्साहन र अपराधीको उन्मुक्ति कुनै पनि लोकतन्त्रको मूल्य र परिकल्पना हुन सक्दैन । विभिन्न समय र कालखण्डमा भएका राजनीतिक आन्दोलनका मुद्दाहरूलाई राज्यले नजर अन्दाज गरेर अपराधीक घटनाका मुद्दाहरूमा उन्मुक्ती दिनेकुरा संयुक्त विद्यार्थी संगठनहरूलाई अमान्य रहेको छ । यस्ता हर्कतहरू नगर्न सरकारलाई चेतावनी दिन्छौं ।
३ करोड नेपाली जनताको वास्तविक लोकतन्त्र, सुशासन सहितको कानुनी राज्य र न्यायको पुनर्स्थापनाका लागि संयुक्त विद्यार्थी आन्दोलन अग्रपंक्तिबाट संघर्ष अघि बढाउने पुनः उद्घोष गर्दछौं ।
महान्यायधिवक्ता सविता भण्डारी राजीनामा देऊ !
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धि मुद्दाको निष्पक्ष अनुसन्धान गर !
भ्रष्टाचारको अन्त्य र न्यायप्रणालीमा आमूल रुपान्तरण गरि सुशासन कायम गर !
१) दुजाङ शेर्पा अध्यक्ष नेपाल विद्यार्थी संघ
२) दीपक धामी अध्यक्ष अनेरास्ववियु
३) विजय प्रकाश शर्मा सापकोट अध्यक्ष अनेरास्ववियू (क्रान्तिकारी)
४) नरेन्द्र सी अध्यक्ष अखिल (समाजवादी)
५) विरेन्द्र शाह अध्यक्ष अखिल (क्रान्तिकारी)
६) मनिष कुमार यादव अध्यक्ष समाजवादी विद्यार्थी युनियन, नेपाल
७) महेश श्रेष्ठ संयोजक अखिल (क्रान्तिकारी)
८) सुवाश जिसी अध्यक्ष अखिल (छैठौं)
९) नरेश न्यौपाने संयोजक अखिल नेपाल विद्यार्थी फेडेरेशन
१०) हिमांशु अध्यक्ष वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल
११) पोषण यादव संयोजक विद्यार्थी जनमत संघ
१२) सुनिता बुढाथोकी अध्यक्ष जनपक्षीय विद्यार्थी युनियन नेपाल
१३) मनिष भट्टराई अध्यक्ष अखिल नेपाल विद्यार्थी युनियन
१४) पंकज देव अध्यक्ष राष्ट्रिय विद्यार्थी मञ्च
१५) मुक्ति गैरे संयोजक विद्यार्थी स्वयंसेवक नेपाल
१६) नभराज पाण्डे संयोजक अखिल (पाचौं)´
























