सर्लाहीमा पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई तामाङ समुदायको स्वागत

एजेन्सी
२०८२ माघ ५ | मध्यान्ह ०१:१० बजे

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ मा तामाङ समुदायले पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भव्य स्वागत गरेको छ । सोमबार उनीहरुले श्रेष्ठलाई भव्य स्वागत गरेका हुन् कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले फूलमाला, खादासहित श्रेष्ठको स्वागत गरेका हुन्।

समुदायसँगको भेटघाटमा श्रेष्ठले समावेशी विकास, सामाजिक न्याय र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै स्थानीय तहको विकासमा सबै समुदायको सहकार्य अपरिहार्य रहेको बताए।स्वागत कार्यक्रमले तामाङ समुदाय र राजनीतिक नेतृत्वबिचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।


















