निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ

रासस
२०८२ माघ ५ | मध्यान्ह ०१:१० बजे

काठमाडौँ, माघ ५। मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उहाँले सुनाउनुभयो । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ ।
बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ ।


















