जातिको निम्ति मैले गरेको कर्म मेरो आस्था मेरो विश्वास मसँगै छ र सबै म सँगै आउनेछन् : “बिमल गुरुङ”


दार्जिलिङ । पार्टीको सांगठानिक कार्य गर्नलाई सजिलो बनाउन खरसाङ महकुमालाई दुई भागमा विभाजीत गर्ने पार्टीको योजनामाथी बिचार बिमर्श गर्नको निम्ति आज खरसाङ महकुमाको पाँचवटा समष्टीलाई लिएर एउटा सभा पातलेवास पार्टी कार्यालयमा सम्पन्न भयो।
गत् ६ अगस्तको दिन खरसाङ महकुमाकै पाँचवटा समष्टीहरु क्रमैले सोनादा-पच्याङ, टुङ सेन्टमेरिज, रङमुक सिडर्स, सिटोङ लाठपञ्चर अनि मङ्पु लाब्दाका प्रतिनिधिहरूलाई लिएर महकुमा बिभाजनकै बिषयमा विचार विमर्श गरिएको थियो। त्यसदिनको सभामा समष्टीका प्रतिनिधिहरुले पार्टीगत् सांगठनिक कार्यको निम्ति खरसाङ महकुमा विभाजन गरिने केन्द्रीय समितिको योजनालाई समर्थन जनाएका थिए।

त्यस्तै गरी आज पनि खरसाङ महकुमाको अन्य पाँचवटा समष्टीहरु क्रमैले गिद्धेपहाड समष्टी, अम्बटे पंखाबारी समष्टी, चिम्नी देउराली समष्टी, तीनधारे महानदी समष्टी अनि सुकना पानीघटा समष्टीका प्रतिनिधिहरुले पनि महकुमा विभाजनको कुरा स्वागत योग्य रहेको बताए।
सभामा खरसाङ टाउन कमिटिका सदस्यहरुले खरसाङको बीसवटा वार्डहरुलाई लिएर एउटा समष्टी गठन गर्नु पर्ने अनि त्यस्तै गरी सुकना पानीघटा समष्टीका प्रतिनिधिहरुले पनि सुकना पानीघटालाई दुईवटा समष्टीमा विभाजन गर्नु पर्ने प्रस्ताव राखे।

सभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङज्युले “जाति र माटोको निम्ति नै आफुले आफ्नो दाजु गुमाउनु परेको बताउँदै यो जाति र माटोलाई कहिल्यै धोखा नदिने बताए। झोडा नालाको निम्ति युवाहरुले राजनीति नगरी दिने अनि आशे भएर बाँच्नु नहुने भन्दै आफुहरूले खरसाङलाई दुईवटा महकुमा बनाउने लिएको निर्णयको पछि ठूलो कारण रहेको र सोनादा अनि सिटोङ लाठपञ्चरहरूलाई ब्लक बनाउने योजना रहेको” बताए।
२००७ मैं आफुले सबैलाई बोल्ने अधिकार दिएको भन्दै अब सबै मिलेर ईखा ईख नगरी जाति अनि पार्टिको निम्ति चेयर छोडेर भएपनि काम गर्नु पर्ने बताए। “जातिको निम्ति मैले गरेको कर्म, मेरो आस्था, मेरो विश्वास मसँगै छ र सबै म सँगै आउनेछन् उनीहरूलाई सम्झाउनु बुझानु” पार्टी प्रतिनिधिहरुलाई उनले यसरी सम्बोधन गरे।

सभाको संचालन केन्द्रीय समिति सह सचिवद्वय नर्बुजी लामा अनि प्रियवर्धन राई, युमो महासचिव नोमन राई, खरसाङ महकुमा समिति महासचिव सुरज छेत्री अनि महकुमा समिति अनि पाचैवटा समष्टीका नारी, युवा अनि प्यारेन्ट्स बडीका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।





























