गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

रासस
२०८२ माघ ३ | बिहान ११:१० बजे

कीर्तिपुर (काठमाडौँ), माघ ३। क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ । राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
कार्यक्रममा क्रिकेटर झाले एसजिका सामग्री लिएर क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिकै सपना भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी दिनुभयो ।


















