Gen-z(जेन जी) काे परिभाषा, उत्पत्ति, प्रयोग र असर


लेखक – मुक्ति गैरे
बिषय प्रवेश :
अहिले वर्तमान हाम्रो नेपाली समयमा खुबै चर्चा चलिरहेको शब्द जेन जी अर्थात Gen-z। याे शब्द हाम्रो नेपाली राष्ट्रिय भाषा अर्थात हाम्रो भाषा, कला, संस्कृति, मान्यता, त्याग, समर्पण, बलिदान र विरता संग मिल्छ कि मिल्दैन भनेर तुलना गर्दा कहीँ पनि मिलेको देखिन्न्। हाम्रो देशको भाषा, कला, संस्कृति, मान्यता, त्याग, समर्पण, वलिदान र विरताहरु संग मिलेकाे भेटिदैन्। उनिहरुकाे Gen Z भन्नाले “Generation Z” जनसंख्याकाे समूहलाई जनाउछन्। यो मिलेनियल (Millennial/Gen Y) पछि जन्मिएको पुस्ता हो भन्छन्। साधारणतया सन १९९५–२०१० (कसैले १९९७–२०१२ पनि भन्छन्) बीच जन्मिएका व्यक्तिहरूलाई Gen Z भन्ने गरेका छन्। टेक्नोलोजी, इन्टरनेट, र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता भन्ने भएकाले यसलाई “Digital Natives” पनि भन्ने गरेका छन्। यस जेन जी शब्द मार्फत पछिल्लो समय विदेशी अर्थात पुँजीवादीहरुले हाम्रो भाषा, कला, संस्कृति, मान्यता, त्याग, समर्पण, वलिदान र विरतालाई निमिट्यान पार्न नवयुवा अर्थात विद्यार्थीहरुलाई विशेष गरि उसले नै बनाएको ईन्टरनेट अर्थात सामाजिक संजाल मार्फत भ्रष्ट्रिकरण गर्ने गरेको छ। यसले हाम्रा नवयुवा-विद्यार्थीहरुमा विकास, स्वतन्त्रता र पहुँचकाे नारा दिएर उसको संस्कृतिलाई अवलम्बन गर्ने र हाम्रो आफ्नाे भाषा, कला, संस्कृति, मान्यता, त्याग, समर्पण, बलिदान र विरतालाई भुल्ने मात्रै नभएर सिध्याउन अन्तिम प्रयत्न गरिरहेकाे छ। यसले गर्दा हाम्रो पहिचान अर्थात राष्ट्रिय चिनारी भाषा, कला, संस्कृति, मान्यता, त्याग, समर्पण, बलिदान र विरताका गाथाहरु नै समाप्त पार्ने कुचेष्टा गरि रहेको छ। तसर्थ उनिहरुकाे जेनजि शब्दकाे परिभाषा, उत्पत्ति, प्रयोग र असरबारे अध्ययन गराैं।
परिभाषा :
जेनेरेसन जि वा जी पुस्ता (सङ्क्षिप्त रूपमा जेन जिको रूपले परिचित, जसलाई जुमर्स पनि भन्दछन्) वाई पुस्ता पछि र अल्फा पुस्ता अघि रहेको एक जनसङ्ख्यात्मक वर्गमा विभाजन गरेका छन्। केही शोधकर्ता र सञ्चार माध्यमहरूले सामान्यतः जनरेसन जीको लागि सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूलाई यो पुस्ताको रूपमा निर्धारण गरेका छन्। १. जसले गर्दा अधिकांश अवस्थामा जनरेसन जी शब्दले सामान्यतः सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका मानिसहरू हाे भन्ने बुझाउन खाेजेका छन्। २. जनरेसन जीका धेरै सदस्यहरू तुलनात्मक रूपमा जनरेसन जोन्स वा जनरेसन एक्सका सन्तानहरू हुन् भनेका छन्। ३. सानो उमेरबाट नै इन्टरनेट र पोर्टेबल डिजिटल प्रविधिहरूको पहुँचमा हुर्के बढेका पुस्ताहरूको रूपमा जेनेरेसन जीलाई लिन सकिन्छ भनेर प्रस्तुत गरेका छन् । जसकारण जेन जीका सदस्यहरूलाई डिजिटल नेटिभ्स पनि भन्ने गरिएको भएता पनि यी मध्ये सबै जना डिजिटल रूपमा साक्षर नहुन पनि सक्छन्। यी पुस्ताहरूले डिजिटल स्क्रिनमा बढी समय बिताउने गरेकाले यसका नकारात्मक प्रभावहरू साना बच्चादेखि किशोर-किशोरीहरूसम्म पनि देखा परिरहेको छ। अघिल्लो पुस्ताको तुलनामा जेन जीका सदस्यहरूले आफ्ना पूर्ववर्तीहरूको तुलनामा ढिलो जीवनयापनको उपायहरू पत्ता लगाउने गरेको पाइन्छ। जेन जीका किशोर-किशोरीहरू अघिल्ला पुस्ताहरूको तुलनामा एकेडेमिक प्रदर्शन र रोजगारका अवसरहरूमा बढी चिन्तित हुन्छन्। यी पुस्ताका सदस्यहरू बीच सेक्सटिङको (डिजिटल यौन सामग्रीको आदानप्रदान) चलन बढेको पाइन्छ यद्यपि यसको परिणामहरू अझै राम्रोसँग बुझिएकाे छैन। विश्वव्यापी प्रमाणका अनुसार जेन जीका किशोरीहरू यौवनमा प्रवेश गर्ने औसत आयु २०औँ शताब्दी सँगको तुलनामा अत्याधिक घटेको छ। जसको प्रभाव उनीहरूको स्वस्थ्य र भविष्यमा परेको देखिन्छ। यसका साथै, जेनेरेसन जीका किशोरकिशोरी र युवाहरूमा एलर्जीको प्रकोप सामान्य मानिसहरूको तुलनामा बढी पाइन्छ। जेनेरेसन जीका मानिसहरूमा रोग र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा थप जागरूकता निम्त्याउँदा अनिद्राको घटना अधिक रिपोर्ट गरिन्छ। धेरै देशहरूमा जेनेरेसन जीका युवाहरूमा बौद्धिक असक्षमता र मानसिक समस्याहरूको पहिचानको सम्भावना अघिल्लो पुस्तासँगको तुलनामा बढी छ। विश्वव्यापी रूपमा जेनेरेसन जीका सदस्यहरू पूर्ववर्ती पुस्ताको तुलनामा इलेक्ट्रोनिक उपकरणहरूमा बढी समय व्यतीत गर्दै आएको र किताब पढ्नेमा कम समय दिइरहेको पाइन्छ जसको प्रभाव उनीहरूको ध्यानको स्थायित्व, शब्दभण्डार, शैक्षिक प्रदर्शन र भविष्यका आर्थिक योगदानहरूमा असर पर्न आएको छ। सन् २००० र सन् २०१० को दशकमा शिक्षकहरूले सामान्यतः उत्कृष्ट विद्यार्थीहरूलाई पहिचान गरेर उनीहरूको सुधारमा ध्यान दिएका थिए तर यसको विपरीत कमजोर प्रदर्शन गर्नेहरू अत्याधिक भेटियो।
उत्पत्ति र नामाकरण :
जेनेरेसन जी शब्दले अङ्ग्रेजी वर्णानुक्रम अनुसार जेनेरेसन एक्स र जेनेरेसन वाईलाई अनुसरण गर्दै आउने पुस्तालाई जनाउँछ। १. यस पुस्ताका लागि प्रस्तावित अन्य नामहरूमा आइजनेरेसन, २. होमल्यान्ड जेनेरेसन, ३. न्याट जेन, ४. डिजिटल नेटिभ्स, ५. निओ-डिजिटल नेटिभ्स, ६. प्लुरालिस्ट जेनेरेसन, ७. इन्टरनेट जेनेरेसन ८. र सेन्टेनियल्स समावेश छन्। र्यापर एमसी लार्सले सन् २००५ मा एउटा गीतको शीर्षकको रूपमा पहिलो पटक आइजेनेरेसन शब्द प्रयोग गरेका थिए। मनोविज्ञानकी प्राध्यापक तथा लेखिका जिन टोयन्जले सन् २००६ को सहस्राब्दीक बिषयमा लेखिएको एक पुस्तकको शीर्षकको रूपमा आइजेनेरेसन शब्द प्रयोग गरेकी थिइन् तर प्रकाशकको दबाबमा शीर्षक परिवर्तन गरेर जेनेरेसन मी राखिएको थियो। सन् २०१७ को पुस्तक आइजेनका लागि टोयन्जले यो शब्द प्रयोग गरेकी थिइन्। विलियम स्ट्राउसम आधारित स्ट्राउस-होवे पुस्ता सिद्धान्तलाई निरन्तरता दिँदै लेखक निल होवेले सन् २०१४ मा होमल्यान्ड जेनेरेसन शब्द सिर्जना गरेका थिए। होमल्यान्ड शब्दले सेप्टेम्बर ११ को हमलापछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय जस्तो सुरक्षित निगरानी राज्य व्यवस्थापनको कार्यान्वयनको समयमा बाल्यकालमा प्रवेश गर्ने पहिलो पुस्तालाई सङ्केत गरेका छन्। प्यु रिसर्च सेन्टरले सन् २०१९ मा गुगल ट्रेन्ड्सको माध्यमबाट यस पुस्ताको अन्य विभिन्न नामहरूको परीक्षण गरेको थियो भने अमेरिकामा जेनेरेसन जी नाम अत्यन्त लोकप्रिय रहेको तथ्याङ्क निकालिएको थियो। त्यसपछि उनीहरूले आफ्नो अनुसन्धानमा यसलाई जेनेरेसन जी भनेर उल्लेख गर्न थालेका थिए। म्यारियम-वेबस्टर र अक्सफोर्ड शब्द कोशमा जेनेरेसन जीलाई आधिकारिक रूपमा समावेश गरिएको छ। जापानमा यस पुस्तालाई नियो-डिजिटल नेटिभ्सको रूपमा वर्णन गरिन्छ जुन अघिल्लो पुस्ताका डिजिटल नेटिभ्सको तुलनामा एक कदम अगाडिको पुस्ता हो भनेका छन्। डिजिटल नेटिभ्स मुख्यतया पाठ वा आवाजको माध्यमबाट सञ्चार गर्ने गर्दछन् जबकि नियो-डिजिटल नेटिभ्सले भिडियो, भिडियो-टेलिफोन र चलचित्रहरू प्रयोग गर्ने गरेको पाइन्छ। यसले कम्प्युटरबाट मोबाइल र पाठबाट भिडियो स्थानान्तरणमा जोड दिन्छ।
वर्ष र उमेरकाे दायरा :
सन् १८८० को मध्यदेखि अन्त्यसम्ममा र सन् २०१० को प्रारम्भिक वर्षहरूमा जन्मिएका मानिसहरू रूपमा अनुसन्धानकर्ता तथा लोकप्रिय सञ्चार माध्यमहरूले जेनेरेसन जीलाई परिभाषित गरेका छन्। मेरियम वेब्स्टर अनलाइन शब्दकोशले जनेरेसन जीलाई “सन् १८८० को अन्त्य र २००० को प्रारम्भमा जन्मिएका व्यक्तिहरूको पुस्ताको रूपमा परिभाषित गर्दछ। अक्सफोर्ड शब्दकोशले जनेरेसन जीलाई सन् १८८० को अन्त्य र “सन् २०१० को प्रारम्भ बीच जन्मिएका व्यक्तिहरूको समूह” को रूपमा परिभाषित गरेको छ जो इन्टरनेटसँग धेरै नै परिचित मानिन्छन् भन्दछन्। इन्साइक्लोपिडिया ब्रिटानिकाले “सन् १८८० को अन्त्य र सन् २००० को प्रारम्भमा जन्मिएका अमेरिकीहरू भनी वर्णन गर्न जेनेरेसन जी शब्द प्रयोग गरेको पाइन्छ। जेन जीका लागि केही स्रोतहरूले सन् १८८७ देखि २०१२ सम्मका वर्षहरूमा आधारित रही दायरा छुट्टाएका छन्। पुस्तासँग सम्बन्धित तथ्य तथा र उनीहरूको साँस्कृतिक गतिविधिहरूलाई परिभाषित गर्नु चुनौतीपूर्ण हुने गरेकाले यी वर्षहरूलाई कहिलेकाहीँ विवादित वा बहसका विषय बनाइने गरेकाे पनि पाईन्छ।
नेपालमा प्रयोग र विस्तार :
नेपालमा फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईजकाे व्यापक विस्तार र पहुँच २०६२/६३ काे जनआन्दोलन पछि भएको हाे। त्यो भन्दा अगाडि फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईजकाे पहुँच त्यो भन्दा अगाडिको राज्य व्यवस्थाले सिमित दायरामा मात्रै उपलब्ध गराएको थियो, उसले आफ्नाे राज्य व्यवस्थाकाे निकायमा मात्रै प्रयोगलाई सिमित गरेको थियोे। त्यतिबेलाकाे राज्य व्यवस्थाले नागरिकहरुलाई याे पहुँचबाट विमुख गराएको थियो। यद्यपि फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईजकाे विकास २०६२/६३ भन्दा अगाडि नै विदेशीहरुले विकास गरिसकेका थिए यसको विश्वव्यापिकरणमा मात्रै उनिहरुले प्लेटफम निर्माण गर्दै अगाडि बढी रहेका थिए। जब नेपालमा २०६२/६३ काे जनआन्दोलन पछि बनेको अन्तरिम सरकारले शिक्षा, स्वास्थ्य, आवास, राेजगार, सुचना संचार, खेलकुद र मनाेरन्जन लगायतका थुप्रै कुराहरूलाई माैलिक हकका रुपमा मान्यता दियो तब विदेशीहरुले निर्माण गरेका ईन्टरनेट, फाेन, सामाजिक संजाल र स्याटेलाईज संचारकाे पहुँच नेपालमा पनि विस्तार गरे। याे विस्तार संग संगै नेपाली समाजमा विशेष गरि त्यो बेला देखि नै नवयुवा-विद्यार्थीहरुले वैदेशिक फाेन, ईन्टरनेट, सामाजिक संजाल, स्यालेटाईजहरु व्यापक प्रयोग र विस्तार अहिलेसम्म गरि रहेकाे छन्। नेपालले आफ्नै मुताबिकमा निर्माण गरि प्रयोग गरेको कुनै पनि फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईजहरु छैनन्। उक्त अन्तरिम सरकारले नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, आवास, राेजगार, सुचना संचार, खेलकुद र मनाेरन्जन र उद्योग व्यापार आदि सबै तहमा सहज पहुँचकाे विस्तार गर्याे त्यतिबेला देखि नै नवयुवा-विद्यार्थी सहित आम नागरिकहरुमा यसको व्यापक प्रयोग र विस्तार अहिलेसम्म भईरहेकाे छ। यहीँ विदेशीले बनाएको फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईज प्रयोगकर्ताहरुलाई नै उनिहरुले Gen-Z अर्थात जेन जीकाे परिभाषा गर्ने गरेका छन्।
नेपालमा यसको प्रभाव र असर :
२०६२/६३ काे अन्तरिम संविधान र २०७२ संविधान निर्माण संगै नागरिकलाई पहुँचकाे विस्तार भए संगै यसले सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, साँस्कृतिक र राजनीतिक क्षेत्रमा बहस र विस्तार गर्दै प्राप्त अधिकारकाे खाेजिमा नेपाली समाज जुट्याे। २०६२/६३ काे प्राप्त अन्तरिम संविधानले लिएको म्यान्डेट अनुसार पुरानो राज्य व्यवस्थाकाे अन्त्य र नयाँ राज्यको व्यवस्था र निर्माण, राज्यको पुर्नसंरचना र संविधानसभाकाे निर्वाचनकाे दिशामा अगाडि बढ्यो। अन्तरिम सरकार र अन्तरिम संसद पुरानो राज्य व्यवस्थाकाे अन्त्य पछि उत्पन्न राजनीतिक संकटलाई समाधान दिन गठन गरिएको थियो। जुन प्रमुख सात राजनीतिक दलको सर्वपक्षीय अन्तरिम सरकार र अन्तरिम संविधानसभा गठन गरिएको थियो। त्यतिबेला पुरानो राज्य व्यवस्थाले संचालन गरेका अधिकारहरुलाई जनपक्षीय बनाउन संशोधन गर्दै त्यो सर्वपक्षीय संसदमा सर्वपक्षीय क्याबिनेटले पेश गर्ने र पास गरि अगामि संविधान निर्माण र संविधानसभाकाे निर्वाचनलाई सुनिश्चित गर्न प्रयाप्त बाटो खाेल्ने कार्य अगाडि बढाईरहेकाे हुन्थ्यो। यसले अहिलेकाे जस्तै राजनीतिक सत्ता संकटलाई समाधान गर्ने काेसिस गर्थ्याे तथापि आत्मनिर्णयकाे अधिकार, स्वायत्त अधिकार, जातीय छुवाछूत, हिंसा, विभेद, शाेषण, हत्या, बलत्कार जस्ता जघन्य अपराधहरु विरुद्ध नेपालकाे पुर्वदेखि पश्चिम सम्म, हिमाल देखि तराई सम्म जनविद्राेहरु चलिरहेको थियो। जनविद्रोहकाे संगठित माध्यम त्यतिबेला अन्तरिम सरकारले दिएको सुचना संचार माैलिक हककाे पहुँचमा भएको फाेन र स्याटेलाईज संचार ग्रहहरुलाई नै बढी प्रभावकारी प्रयोग गरिन्थ्यो। जसले गर्दा एकअर्कालाई सम्पर्क गर्ने र सुचना सम्प्रेषण गर्ने माध्यम बनेको थियो, संगठित हुने माध्यम बनेको थियो, परिचालन गर्ने माध्यम बनेको थियो त्यतिबेला सामाजिक संजालकाे विस्तार थिएन र भएको थिएन्। २०६९ मा जब पहिलो संविधानसभामा संविधान निर्माण असफल र संसद भंग भयो त्यतिबेला नै राज्यकाे अन्तरिम संविधान र विभिन्न सहमति निकम्मा बन्न थाल्याे तिब्र आक्राेस पैदा हुन थाल्यो। त्यतिबेला सम्म आई पुग्दा नेपालमा सामाजिक संजालकाे पहुँच, विस्तार र प्रभावकारीता ह्वात्तै बढ्यो। यसको प्रयोग विशेषत: संचारकर्मि, नवयुवा-विद्यार्थिहरुले गर्न थाले । जसलाई उनिहरुले असन्ताेष व्यक्त गर्ने साधन, संगठित हुने साधन, सम्पर्क गर्ने माध्यम, भर्चुअल बैठकहरु राख्ने माध्यम, याेजनाहरु सम्प्रेषण गर्ने थलाे र प्रचारप्रसार गर्ने साधनकाे रुपमा व्यापक प्रयोग गरे। जसले गर्दा विद्यालय देखि विश्वविद्यालयमा अध्ययनरत नवयुवा-विद्यार्थीहरुलाई ध्यानाकर्षण गरायो। जुन हामीले प्रयोग गर्ने फाेन, ईन्टरनेट, सामाजिक संजाल र स्याटेलाईज प्रणालीहरु नेपालले आँफै निर्माण गरेका साधन थिएनन् र अहिलेसम्म निर्माण गर्न सफल भएको छैन्। ती सबै आयातित उपकरणहरु हुन् ती आयातित उपकरणहरुकाे प्रयोगले हाम्रो नेपाली समाजको सुचना लिने, मनाेविज्ञानहरुलाई बुझ्ने, असन्तुष्टिहरुकाे पहिचान गर्ने काम व्यापक रुपमा अहिलेसम्म विस्तार गरिरहेकाे छ। जसका कारण प्रशासनिक निकायहरुलाई खरिदबिक्री गर्ने, पुँजी र प्रतिभाहरुलाई पलायन गराउने र असन्तुष्टिहरुलाई विद्रोहमा परिणत गर्ने काम गरिरहेकाे छ। जसले गर्दा १) सामाजिक, २) आर्थिक, ३) शैक्षिक, ४) स्वास्थ्य, ५) साँस्कृतिक र ६) राजनीतिक क्षेत्रमा नराम्रो संग असर पर्न गईरहेकाे छ।
१) सामाजिक
सामाजिक रुपमा डिजिटल प्रविधि र सामाजिक सञ्जालसँग जोडिएकाे यस जेन जी पुस्ताको व्यापक विस्तार भए पनि यसले मानिसहरुको चरित्र हत्या गर्ने, आपसि झैझगडा पैदा गर्ने, कलह सिर्जना गर्ने, समाजलाई विभाजित गर्ने लगायतका घटनाहरुले प्रसय पाई रहेको छ। त्यति मात्रै हाेईन् यसको दुरुपयोगले मानिसहरुकाे गाेपनियतालाई समेत भंग गरिदिएको छ। विविधतालाई विखण्डित गरेको छ। लैङ्गिक हिंसालाई व्यापक रुपमा विस्तार गरेको छ। असमानताका खाडलहरुलाई मनाेवैज्ञानिक रुपमा सिर्जना गरेको छ, मानवअधिकारकाे व्यापक हनन् गरेको छ, समावेशीकरण भन्दा पनि विभेदीकरणकाे नितिलाई पहुँचका भर लादिएकाे छ। धनी र गरिबी बिच खाडल उत्पन्न गरेर यसको सहजता र पहुँचताकाे नाममा द्वन्द्व सिर्जना गरिएको छ। प्रत्येक नागरिकलाई यसको प्रयोगकाे अनिवार्यता देखाउदै घरपरिवारहरुमा द्वन्द्व सिर्जना गर्ने काम गरिएको छ। महिलाहरु माथि शारीरिक, मानसिक र लैङ्गिक हिंसा यस मार्फत व्यापक बढाईएकाे छ।
२) आर्थिक
यस जेन जी पुस्ताले उपभोगमा भन्दा अनुभव र जीवनशैलीमा जोड दिए पनि याे पुस्ता मुलतः श्रमचाेरमा परिणत भएको छ। याे प्रत्यक्ष उपभाेग गरेर उत्पादन गर्ने भन्दा पनि फाेन, ईन्टरनेट, समाजिक संजाल र स्याटेलाईज मार्फत हनि ट्याप, ह्याकिङ्ग र ब्ल्याकमेलिङ्ग मार्फत ठगि धन्दा गरेर आर्थिक उत्पार्जन गर्ने गरेका छन्। विभिन्न प्लेटफमहरुमा भ्रामक एडभटाईजहरुकाे प्रचारप्रसार मार्फत रकम असुली गर्ने र बैंकिङ्ग सेवा प्रणालीलाई नै दुरुपयोग समेत गर्ने गरेको छ। डिजिटल अर्थतन्त्र(ई–कमर्स, क्रिप्टो र डिजिटल पेमेन्ट) को प्रयोग गरेता पनि बढीमा बढी याे पुस्ता लम्पट भएको छ। रोजगारमा स्वतन्त्रता, स्टार्टअप र “Gig Economy” प्रति आकर्षित हुन खाेजे पनि याे पुस्ताले आफ्नाे स्पष्ट लक्ष्य बनाउन नसक्दा अन्ततः पुर्ण रुपमा बेरोजगार बन्ने गरेको छ। स्थायी उत्पार्जन भन्दा अस्थायी उत्पार्जन मार्फत छिटो छरितो परिणाम लिन खाेज्दा याे समुह हिंस्रक बन्ने गरेका छन्, क्रपसन तिर लाग्ने गरेका छन्। यिनिहरु तिब्र महत्त्वआकाक्षि हुने हुदा कहिलेकाहीँ समयमा परिणाम नआउदा विच्छिप्द समेत हुने गर्दछन्, मानसिक तनावमा पुग्ने गरेका छन् भने आत्महत्या समेत गर्ने गरेका छन्।
३) शैक्षिक
ई-लर्निङ, अनलाइन शिक्षा र Skill-Based शिक्षातर्फ झुकाव भए पनि जेनेरेसन जीका समुहहरू पूर्ववर्ती पुस्ताको तुलनामा इलेक्ट्रोनिक उपकरणहरूमा बढी समय व्यतीत गर्दै आएको र किताब पढ्नेमा कम समय दिइरहेको पाइन्छ, जसको प्रभाव उनीहरूको ध्यानको स्थायित्व, शब्दभण्डार, शैक्षिक प्रदर्शन र भविष्यका आर्थिक योगदानहरूमा असर पर्न आएको छ। जानकारी सजिलै इन्टरनेटबाट प्राप्त गर्न सक्ने क्षमता भएता पनि यस पुस्ता सन् २००० र सन् २०१० को दशक तिरकाे एक रिसर्चमा शिक्षकहरूले सामान्यतः उत्कृष्ट विद्यार्थीहरूलाई पहिचान गरेर उनीहरूको सुधारमा ध्यान दिएका थिए तर यसको विपरीत परिणाममा कमजोर प्रदर्शन गर्ने गरेका छन् ताकि उनिहरु अभ्यस्त भन्दा पनि देखासिकि आयातित भाषा र शैलिलाई प्रयोग गर्दा यस्तो हुन पुगेकाे छ यसलाई आधुनिकताकाे नाममा विशेषगरी ध्यान केन्द्रित गरिएको थियो, जसले गर्दा परिणाम उल्टो आईरहेकाे छ। ध्यान छोटो समयसम्म केन्द्रित हुने (Short Attention Span) प्रवृत्तिले सन् २०१० का दशकमा पूर्व विद्यार्थीहरू अन्तर्राष्ट्रिय मानकको परीक्षामा निरन्तर रूपमा शीर्ष स्थान हासिल गर्दै आए पनि यिनिहरुकाे दिमागले लामो समय सम्म साेच्न सक्ने क्षमतालाई ह्रास उत्पन्न गरेको छ यिनिहरुलाई के भ्रम छ भने सबै कुरा ईन्टरनेटमा छ, म पढिहाल्छु, हेरिहाल्छु, लेखिहाल्छु र जानि हाल्छु भन्ने चरम लापरबाही छ। यि ईन्टरनेट, AI, स्याटेलाईज र सामाजिक संजालहरुका ज्ञानहरु पुर्ण हुदैनन्, यी सबै आयतित भाषा र शिक्षाबाट गाईड लाईन भएको हुँदा विशिष्ट भुराजनितिक, भाैगाेलिक अवस्था, साँस्कृतिक अवस्था, राजनीतिक अवस्था, सामाजिक अवस्थाहरुकाे त्याग, समर्पण, बलिदान र विरताकाे चिनारी पुर्ण शिक्षालाई यसले समाप्त गरेको छ जसले गर्दा हाम्रा चिनारीहरु नै समाप्त हुने अवस्थामा पुगेको छ, हाम्रा पहिचानहरु समाप्त हुने अवस्थामा छन्, उच्च नैतिकता भन्दा अराजकतालाई बढी प्रसय दिने गरेका छन्, आशा भन्दा निराशालाई प्रसय दिने गरेको पाईन्छ, जसले गर्दा पुँजीवादी आयातित शिक्षालाई प्रसय दिन विद्यालय देखि विश्वविद्यालय सम्म नेपाली भाषाको अन्त्यका निमित्त अर्बौं खर्च गरेर पिएचडि गर्ने गरेका छन् । यिनै पिएचडि हाेल्डरहरुले नेपालकाे भाषा, शिक्षा र संस्कृतिलाई आधुनिकताकाे नाममा बजार हल्ला पिटिरहेका रहेछन्, दिग्भ्रमित पारिरहेका छन्।
४) स्वास्थ्य
जेनजि समुहहरु विशेषत : २४ सै घण्टा फाेन, ईन्टरनेट, AI, समाजिक संजाल र स्याटेलाईज मार्फत चलेका प्लेटफमहरुकाे कल, भिडियो र ईन्टरनेट खेलकुद प्रयोग गर्दा उनिहरुकाे स्वास्थ्यमा निकै समस्या पर्न गएको छ । जसका कारण मानसिक एवम् शारीरिक दुवै स्वास्थ्य अवस्थाहरु जटिल हुने गरेको छ। त्यति मात्रै हाेईन् आर्थिक ह्रासले गर्दा हिंसा र झगडा समेत निम्याउने, कतिपय खेलकुदहरुकाे देखासिकि गरेर हत्या समेत गर्न उद्धृत देखिन्छन्। केही विश्वव्यापी प्रमाणका अनुसार जेन जीका किशोरीहरू यौवनमा प्रवेश गर्ने औसत आयु २०औँ शताब्दी सँगको तुलनामा अत्याधिक घटेको छ जसको प्रभाव उनीहरूको स्वस्थ्य र भविष्यमा परेको देखिन्छ। यसका साथै जेनेरेसन जीका किशोरकिशोरी र युवाहरूमा एलर्जीको प्रकोप सामान्य मानिसहरूको तुलनामा बढी पाइन्छ। जेनेरेसन जीका मानिसहरूमा रोग र मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा थप जागरूकता निम्त्याउँदा अनिद्राको घटना अधिक पाईन्छ। धेरै ठाउँहरूमा जेनेरेसन जीका समुहहरूमा बौद्धिक असक्षमता र मानसिक समस्याहरूको पहिचानको सम्भावना अघिल्लो पुस्तासँगको तुलनामा बढी देखिन्छ।
५) सांस्कृतिक
“Global Citizen” भन्ने चेतना (विश्वव्यापी सोच) भन्दै राष्ट्रिय चिनारीहरु भाषा, कला, संस्कृति, त्याग, समर्पण, बलिदान र विरता माथि प्रहार भएको छ, ध्वस्त पार्न उद्धत देखिन्छन् जसले गर्दा पश्चिममा छाडा संस्कृतिलाई प्रसय दिईरहेका छन्। त्यसैको ज्वलन्त उदाहरण हाे पुरातात्त्विक संरचनाहरु माथि हमला र प्रहार। थुप्रै संस्कृति धराेहरहरु माथि प्रहार गर्ने कुचेष्टा गरियो र गरिदै आईरहेका छन्। मनोरञ्जनका नाम छाडा याैन धन्दा, नाङ्गो शरिरकाे प्रदर्शन, साईबर क्राईमहरु TikTok, YouTube, Netflix, समाजिक संजाल र ईन्टरनेट जस्ता प्लेटफर्महरुबाट गर्ने गरिएकाे छ जसले समाजमा विकृति, विसंगति र अराजकता फैलाई रहेको छ, मानव सभ्यताको अनुशासनहिन हर्कत प्रस्तुत गरि रहेको छन्। जसको सिकार बच्चा देखि वृद्ध बाआमा समेत परिरहनु परेको छ, साँस्कृतिक अराजकता मच्चाउदै नाङ्गो रुपमा याैन शाेषण, हिंसा, बलत्कार, हत्या र सार्वजनिक बदनामिकरणहरुमा याे पुस्ता लागेको छ। जसले गर्दा समाज गतिछाडा र मतिछाडाकाे बाटोमा उद्धृत छ। केही साँस्कृतिक विद्यता ठान्ने दिग्गजहरुले याे आधुनिकताकाे जलप दिएर राष्ट्रिय चिनारीहरु साँस्कृतिक, कला, सम्पदा र भाषा माथि नै प्रहार गरिरहेका छन्। हाम्रा अग्रजहरुले राष्ट्रनिर्माण र रक्षामा प्रदर्शन गरेको वीरता र बहादुरी, स्वाधीनताको लडाइँमा भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरूको स्वाभिमानलाई नामेट पार्ने अन्तिम षड्यन्त्र शुरु गरेका छन्। भाषा र शिक्षा, उत्पादन र आम्दानी, इतिहास र संस्कृक्तिमाथि हमला गरी उनीहरूको अभीष्ट पूरा गर्न विभिन्न उन्मूलन र समताको अभियान, फाउन्डेसन र काउन्सिलका नाममा युग परिवर्तनको फन्डा मच्चाउँदै आयातित संस्कृतिकाे प्रसय यस पुस्ताको नाममा धन्दा र गन्दा चलाईएकाे छ। कला, सङ्गीत । फेसनमा डिजिटल ट्रेन्डको रुपमा याे पुस्ताले देखासिखि गरि आफ्नै मातृभुमि नै भुल्ने काेसिस गरिरहेका छन्।
६) राजनीतिक
माथि उल्लेखित बिषयहरुकाे अन्तिम उत्कर्ष राजनीतिक प्रणाली नै हाे। राजनीतिक प्रणालीकाे संरचनागत तहहरु मुख्यतः नागरिकको प्रत्यक्ष जिवन संग जाेडिने सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, साँस्कृतिक, खेलकुद र मनाेरन्जन हुन्। यस कुरालाई राजकीय अभिभावकत्व ग्रहण गरेका नेतृत्वहरुले जनचाहना अनुसार पुरा गर्न सक्नु पर्दछ। जनचाहना अनुसार पुरा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई सबल र सुदृढ गर्नु पर्दछ। तर पछिल्लो समय यस जेन जी पुस्ताले वातावरणीय न्याय (Climate Justice), सामाजिक समानता र पारदर्शिता प्रति चासो राखेता पनि राज्यको मुख्य मेरुदण्ड सत्ता, अदालत र सेना माथि नै प्रहार गरेर ध्वस्त हुने गरि आक्रमण गर्याे। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा सक्रिय रहेता पनि सरकारी संरचना, संस्कृति, सम्पदा र पुरातात्त्विक ऐतिहासिक धरहराहरु नै माँस्ने काममा उद्धृत भए। जब हामी हाम्रो सत्ता, सेना र अदालत समाप्त पार्छाैं तब शान्ति, सुख र अमनचयन प्राप्त गर्न सक्दैनौं। राष्ट्रकाे प्रमुख चिनारी भनेको त्याग, समर्पण, बलिदान, विरताबाट जन्मिएको सत्ता, सेना र अदालत हाे। जसले नागरिकलाई डेलिभरि निस्वार्थ सर्भिस गर्दछ, रक्षा गर्दछ, सेवा गर्दछ, त्याग, समर्पण, बलिदान, विरताबाट जन्मिएका साैन्दर्य, कला, संस्कृति, भाषा नै मुख्य चिनारी हुन्, पहिचान हुन्। यसलाई रक्षा गर्नु, प्रबर्द्धन गर्नु, विस्तार गर्नु, प्रचारप्रसार गर्नु र जगेर्ना गर्नु नै हाम्रो राष्ट्रिय कर्तव्य हाे। यस्ता महत्त्वपूर्ण संरचना माथि पछिल्लो समय आधुनिकताकाे अलाप लगाएर जेन जी पुस्ताद्धारा तिब्र हमला गरिएको छ। राष्ट्रिय सम्पत्तिहरुलाई मास्ने काम गरिएको छ, बेचिएको छ, ध्वस्त बनाईएकाे छ। अनि कसरी बन्छ नेपाल ? कसरी आउछ शान्ति ? कसरी हुन्छ बिकास ? कसरी हुन्छ हाम्रो पहिचान र चिनारी ? केही समुहहरुले आफ्नाे आक्राेस, स्वार्थ र प्रायाेजित याेजनालाई पुरा गर्न जेन जी समुहहरुलाई विदेशी भुमिमा समेत लगेर तालिम, प्रशिक्षण, काउन्सिलिङ्ग गरेर पछिल्लो समय राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई नै ध्वस्त बनाउने नेतृत्व गरिरहेका छन्। अझै तिनै जेन जी समुहका नेतृत्वकर्ताहरुले हिजो त्याग, समर्पण, बलिदान, विरताबाट जन्मिएका हाम्रा अग्रजहरुले राष्ट्रनिर्माण र रक्षामा प्रदर्शन गरेको वीरता र बहादुरी, स्वाधीनताको लडाइँमा भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरूको साैन्दर्य, कला, संस्कृति, भाषा र स्वाभिमानकाे नारा लगाउन पछि समेत परेका छैनन् । जसले गर्दा यी हाम्रा ऐतिहासिक अग्रजहरुकाे धरहराहरुलाई नामेट पार्ने षड्यन्त्र शुरु गरेका छन्। यी हाम्रा पुर्खाहरुकाे साैन्दर्य, कला, संस्कृति, भाषा नै हाम्रो मुख्य राष्ट्रिय चिनारी हुन्। यसैको जगमा हाम्रो सत्ता, सेना र अदालत निर्माण भएको छ। यसको रक्षा गर्नु, नेतृत्व गर्नु, सुदृढ गर्नु हाम्रो राष्ट्रिय दायित्व हाे।
अन्तिम विचलन :
Gen – Z अर्थात जेन जी नामक समुह वा ग्रुपकाे काउन्सिलिङ्ग, प्रशिक्षण र तालिम दिएर विदेशी भुमिबाट तब अन्तिम उत्कर्षमा उतारेर व्यक्त भयो यसले यतिबेला प्रत्येक संरचना र मानिसहरुकाे दिमागलाई विचलित बनाई रहेको छ, आँतक सिर्जना गरेको छ, भयवित तुल्याएको छ र यसका प्यादाहरु यतिबेला खुलेर मैदानमा उत्रिएका छन् र भनेका छन् `परिस्थिति विकास भयो, नयाँ भयो र अब परिस्थिति अनुसार जानुपर्छ ।´ उनिहरुले याे कुरा भुल्दै छन् कि नेपाली राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई ध्वस्त बनाईयाे, हाम्रा अग्रज पुर्खाहरुको भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरु थुप्रै पुर्खाहरुकाे त्याग, समर्पण, बलिदान, विरता र स्वाभिमानलाई नामेट पार्ने अन्तिम दुस्साहस भई रहेको छ। विचलनकाे अन्तिम पराकाष्ठा प्रस्तुत गर्दै सरकारी संरचनाहरु सत्ता, सेना र अदालत भित्रै यसको संयन्त्र निर्माण गरेका छन्।, गैरसरकारी संस्थाहरुले त झन् परिचालन र नेतृत्व नै गरेका छन्।, दलहरु भित्र विभाजन, कलह र ध्रुवीकरण नै शुरु भएको छ।, आफुलाई कट्टर विचारक र अध्ययनरत याेद्धा सम्झिएर नेतृत्व गरिरहेका केही दलहरूले त झन् Gen – Z अर्थात जेन जी समुह नै गठन गरेर परिचालन र सहकार्य गरिरहेका छन् यति सम्म नाङ्गो रुपमा विचलित हुन पुगि रहेका छन्।
निष्कर्ष :
Gen – Z अर्थात जेन जी जनसंख्याको उमेर क्रमानुसार वर्गीकरण गरिएको शब्द हाे। याे शब्द विशेषतः डिजिटल युग संग हुर्किएकाे पुस्ता हाे भनेर जाेड दिएको देखिन्छ। नेपालकाे सन्दर्भमा याे दुवै शब्द र प्रयोग आयातित हाे। याे कुनै नेपाली शब्द काेसमा भेटिदैन्। नेपाली शब्दकाेषमा बच्चा भन्ने भेटिन्छ, विद्यार्थी भन्ने भेटिन्छ, नवयुवा भन्ने भेटिन्छ, युवा भन्ने भेटिन्छ, वयस्क भन्ने भेटिन्छ र वृद्धवृद्धा भन्ने भेटिन्छ । नेपालीपन, नेपाली राष्ट्रियता, जनतन्त्र र जनजविका विरुद्ध वैदेशिक शक्ति केन्द्रले याे समुहलाई विदेश मै लगेर काउन्सिलिङ्ग गर्ने, प्रशिक्षण दिने र तालिम नै दिएर पठाएर प्रयोग गर्याे। त्यसैकाे उपज आज हाम्रा भाषा, संस्कृति, कला, साहित्य र साैन्दर्यहरु विरुद्ध निकै प्रहार भईरहेकाे छ, ध्वस्त पार्न अन्तिम प्रयत्न हुदै छ। हाम्रा अग्रज पुर्खाहरु भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरु थुप्रै पुर्खाहरुकाे त्याग, समर्पण, बलिदान, विरता र स्वाभिमानलाई नामेट पार्ने दुस्साहस भई रहेको छ। जसको विरताबाट जन्मिएकाे सत्ता, सेना, अदालत, साँस्कृतिक धराेहर, सम्पदा र संरचनाहरु ध्वस्त पारीएकाे छ। राष्ट्रिय पहिचान र चिनारीहरु माथि आक्रमण गरिएको छ। शिक्षा, स्वास्थ्य, उत्पादित क्षेत्रहरु उद्योग र कल कारखानाहरुमा आक्रमण गरि ध्वस्त पारिएको छ। जब राष्ट्रियता, जनतन्त्र र जनजिविका नै ध्वस्त भए पछि बाकी नेपाली पहिचान र चिनारी कसरी रहन्छ ? शान्ति, अमनचयन, सुशासन, विकास र समृद्धि कसरी हुन्छ ? यतिबेला राष्ट्रियता, जनतन्त्र र जनजिविका गुमेको छ। राष्ट्रियता, जनतन्त्र र जनजिविका भित्र हाम्रा सम्पुर्ण माैलिक अधिकारहरु शिक्षा, स्वास्थ्य, आवास, राेजगार, सुचना संचार, खेलकुद र मनाेरन्जन आदि सबै हुने भएकोले यसलाई प्राप्त गर्न र रक्षा गर्न एकताबद्ध संघर्ष गर्नु प्रत्येक नेपालीको राष्ट्रिय कर्तव्य हाे यस तर्फ नेतृत्व गर्दै अगाडि बढाैं । (लेखक : विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक हुनुहुन्छ।)























