निर्वाचन आगोग अगाडी गगन काँग्रेसको धर्ना

एजेन्सी
२०८२ माघ २ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ, माघ २। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।
शुक्रवार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रवार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए ।
आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो ।थापा समूहले बिहीवार केन्द्रिय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।


















