ललितपुरबाट संरक्षित वन्यजन्तु भैँसेगोहोरोसहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २५ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट संरक्षित वन्यजन्तु जीवित भैँसेगोहोरोसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौर निवासी ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैँसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका–५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।
संरक्षित वन्यजन्तु अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई संरक्षित वन्यजन्तु भैँसेगोहोरो अवैध रूपमा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको ब्युरोले जनाएको छ ।






















