पेट्रोलियम पदार्थको मूल्य समायोजन

रासस
२०८२ माघ २ | बिहान ०७:१० बजे

काठमाडौँ, माघ २। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।


















