दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल

रासस
२०८२ माघ १ | मध्यान्ह ०५:१० बजे

देउखुरी (दाङ), माघ १ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताउनुभएको छ ।दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताउनुभयो ।


















