बिश्व

अमेरिकामा भेनेजुएली मूलका पुरुषमाथि गोली प्रहार

एजेन्सी
२०८२ माघ १ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा बुधबार साँझ अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)का अधिकारीले एक जना पुरुषको खुट्टामा गोली हानेका छन् ।शहरमा आईसीईका एक एजेन्टले ३७ वर्षीय रेनी निकोल गुडलाई गोली हानेर मारेको एक हप्ता नबित्दै यो घटना भएको हो । गुडको हत्याको विरोधमा मिनेसोटा मात्रै नभई अमेरिकाभर विरोध प्रदर्शन भइरहेको छ ।  

गृह सुरक्षा मन्त्रालयले जारी गरेको बयानअनुसार अधिकारीहरूले उत्तर मिनियापोलिसमा भेनेजुएली मूलका ती अवैध आप्रवासीलाई पक्रन खोजेका थिए । आफू सवार गाडी चलाएर भाग्न खोज्दा ती पुरुषले गाडीलाई छेउमा रहेको कारमा ठोके । पैदल भाग्ने क्रममा अधिकारीले समात्न खोजे । दुईबिच खिचातानी भइरहेको समयमा नजिकैको अपार्टमेन्ट भवनबाट आएका अरू दुई जनाले सङ्घीय अधिकारीमाथि आक्रमण गरे । प्रतिररक्षामा अधिकारीले गोली चलाए । यो गोली भेनेजुएली मूलका ती पुरुषको खुट्टामा लाग्यो ।

सामान्य चोटपटक लागेका ती व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते अधिकारीलाई पनि अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार ती घाइतेको अवस्था गम्भीर छैन ।

अधिकारीले आत्मरक्षामा गोली चलाएको दाबी आईसीइएको छ । यस क्रममा अन्य दुई व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । हालैका हप्तामा मिनेसेटामा मात्रै आईसीईका ३ हजार अधिकारीलाई परिचालन गरिएको छ ।

 

कमेन्टहरु