सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च अभियान टोली विजयनगर कपिलवस्तु

बुधबार बिहान पश्चिमको कपिलवस्तुको विजयनगर गाउँपालिका–५ स्थित ठकुरापुरमा रहेको सीमा स्तम्भ नं. ५७८।४ मा पूर्व–पश्चिम मार्च टोलीलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
सशस्त्र प्रहरी स्थापनाको रजत महोत्सवको उपलक्ष्यमा आयोजित पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमअन्तर्गत पश्चिमबाट आएको सशस्त्रको टोली कपिलवस्तु आइपुगेको छ ।
सीमानाका हुँदै दाङबाट आएको पूर्व–पश्चिम पै
दल झण्डा मार्च टोलीलाई सशस्त्र प्रहरी वल २९ नं. गण, ज्वालामाई दाङका गणपति सशस्त्र उपरिक्षक मनोज धितालले सशस्त्र प्रहरी २८ नं. गण कपिलवस्तुका गणपति सशस्त्र उपरिक्षक नेत्र केसीलाई हस्तान्तरण गरेका थिए ।
बुधबार बिहान पश्चिमको विजयनगर गाउँपालिका–५ स्थित ठकुरापुरमा रहेको सीमा स्तम्भ नं. ५७८।४ मा पूर्व–पश्चिम मार्च टोलीलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
त्यसपछि सशस्त्रको ३५ जनाको टोलीले कपिलवस्तुका सीमा नाकामा पैदल यात्रा गर्दै झण्डा मार्च सुरु गरेका छन् । सीमा नाका कृष्णनगर, भिल्मी, हदौना, मर्यादपुर चाकरचौडा हुँदै शुद्धोधन गाउँपालिकाको घेराउजोतमा सशस्त्रको रुपन्देहीलाई पूर्व–पश्चिम झण्डा मार्च बुझाइनेछ ।























