देश

लुम्बिनी प्रदेशमा आजपाको क्रेज बढदै

नवलपुर टुडे
२०८२ पुस ३० | मध्यान्ह ०५:०९ बजे

पौष ३० गते। लुम्बिनी प्रदेशमा आम जनता पार्टी (आजपा)ले उल्लेखनीय राजनीतिक उभार हासिल गर्दै आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गर्दै गएको छ। पछिल्ला दिनहरूमा बाँके, बर्दिया, रूपन्देही, नवलपरासीलगायतका जिल्लामा सञ्चालन गरिएका निर्वाचन लक्षित कार्यक्रमहरूले प्रदेशको पहाड, तराई तथा शहरी क्षेत्रसम्म पार्टीप्रतिको जनसमर्थन बढ्दै गएको स्पष्ट संकेत दिएका छन्। यसले लुम्बिनीको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छलुम्बिनी प्रदेशमा आजपाको क्रेज बढदै ।

आम जनता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष विजय यादव निर्विजको सक्रिय, संघर्षशील र परिणाममुखी नेतृत्वले पार्टी संगठनलाई निर्णायक चरणतर्फ अघि बढाएको पार्टी वृत्तको विश्लेषण छ। उहाँको नेतृत्वमा संगठन विस्तार, जनसम्पर्क अभियान, पार्टी प्रवेश कार्यक्रम तथा जनआन्दोलनमुखी गतिविधिहरूलाई तीव्रता दिइएको छ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको स्पष्ट अडान, सुशासन, सामाजिक न्याय र आम नागरिकको दैनिकीसँग जोडिएका मुद्दालाई केन्द्रीय एजेन्डा बनाएर अघि बढेको आजपाले आम जनताको भरोसा क्रमशः जित्दै गएको देखिन्छ। विशेषगरी युवा, किसान, श्रमिक, साना व्यवसायी तथा उत्पीडित समुदायहरू आजपाप्रति आकर्षित हुँदै गएका छन्।

पार्टी अध्यक्ष प्रभु साहको वैचारिक मार्गदर्शन र विजय यादव निर्विजको संगठनात्मक क्षमताको प्रभावकारी संयोजनले लुम्बिनी प्रदेशमा आजपाको राजनीतिक धरातल दिनप्रतिदिन सुदृढ बन्दै गएको रूपन्देही जिल्लाका चर्चित युवा पत्रकारभोला बानियाँले बताए। प्रदेशका विभिन्न जिल्लामा पार्टी संरचना मजबुत हुँदै जाँदा आगामी निर्वाचन र राजनीतिक समीकरणमा आजपा ‘किङमेकर’को भूमिकामा देखिन सक्ने संकेतहरू प्रस्ट हुँदै गएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार जनतामुखी मुद्दा, स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वका कारण आम जनता पार्टी लुम्बिनी प्रदेशको राजनीतिमा दीर्घकालीन प्रभाव जमाउने दिशातर्फ दृढताका साथ अग्रसर छ।

कमेन्टहरु