देश

तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते, १ जनाको अवस्था गम्भीर

जगत ठाडा मगर
२०७८ साउन २५ | बिहान ११:०४ बजे

तनहुँ । तनहुँमा सोमबार बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ निवासी २७ वर्षीय राजकुमार बिक रहेका छन् ।

बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु