फिलिपिन्समा फोहोरको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

एजेन्सी
२०८२ पुस २९ | मध्यान्ह ०५:०९ बजे

मनिला । मध्य फिलिपिन्सस्थित एउटा फोहोर व्यवस्थापन केन्द्रमा गएको पहिरोेमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । गएको हप्ता सेबु शहरको बिनालिउ ल्यान्डफिल क्षेत्रमा पहिरो गएको थियो । घटनाको समयमा सो ल्यान्डफिलमा सय जना कामदार कार्यरत थिए । उद्धारकर्र्मीहरूले १२ जनालाई फोहोरको थुप्रोबाट उद्धार गरेको भएपनि अरु २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले भनेका छन् ।
सो ल्यान्डफिल चलाइरहेको कम्पनी प्राइम इन्टिग्रेटेड वेष्ट सलुसन्स, इङ्कलाई वातावरण अधिकारीहरूले आफ्नो गतिविधि रोक्का गर्न आदेश दिएका छन् । ९० दिनभित्र कम्पनीले अनुपालना योजना पेश गर्नु पर्ने स्थानीय वातावरण तथा प्राकृतिक संसाधन विभागले सोमबार एउटा विज्ञप्तिमा भनेको छ । यस घटनामाथि छानबिन गर्ने र जिम्मेवार पक्षहरूलाई जवाफदेही बनाइने समेत विभागले बताएको छ ।


















