कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाली खडेरी पर्ने थालेपछि कृषक चिन्तामा


बाजुरा , फागुन २९ । बाजुरा जिल्लाको उच्च पहाडी भेगमा वर्षा नआएपछि लगाएको बाली खडेरी पर्ने थालेपछि कृषक चिन्तामा परेका छन । मौसम बदलियो संगै हिमाली भेगमा वर्षा नआएपछि बाजुरा अधिकासं कृषक जग्गा जमिनमा उम्रेको बाली अहिले सुकेको पहिलो हुनथालेको छ ।
महिनौंदेखि वर्षा नपर्ने आकाशे पानी भरमा खेती गरिरहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढिनन्दा नगरपालिका केही उच्च भागमा कृषकहरु समस्यामा परेका हिमाली गाउँपालिका कृषक गर्बे भण्डारीले बताउनुभयो ।
आकाशे वर्षाको भरमा खेती किसानी व्यवसाय रूपमा लागेका कृषकहरू अहिले खेत बारीमा सुक्न लागेपछि उत्पादन धेरै घट्ने सम्भावना रहेकोे देखिन्छ । मंसिर महिना खेत बारीमा गहुँ र जौ बाली बोटहरु सिचाइको अभावले बाली हरियो भएर पलाउने समयमा अहिले पहिलो हुँदै आएको छ । यहाँको कृषकहरुलाई वर्षा नभएको देख्दा गहुँ र जौ लगायत अन्नबालीका लागि ठुलो क्षति हुने हुँदा कृषक निकै निराश भएको छन ।
बाजुरा जिल्लाका उच्च पहाडी भेगमा वर्षा हुने सम्भावना कम देखेपछि यहाँका कृषकलाई फलफूल तथा खेतीपातीमा खडेरीले गर्दा यो वर्ष ठुलो भोगमरी हुने भएको छ । अहिले वर्षा रोखिए संगै बाजुराका केही स्थानमा खडेरी चलिरहेको छ । उत्तिकै चिसो मात्रा बढिरहेको हुँदा स्थानीय जनजीवन कष्टकर भएको छ । पानीको अभावले पछिल्लो समय लगाएको बालीनाली सुक्न लागेको स्थानीय रावतले बताउनुभयो ।
सिचाइ क्षेत्रको पहुँचमा कम भएको खेतीयोग्य जग्गालाई पानीको अभावको कारणले गर्दा अहिले बाली सुख्न थालेको छ । दुर्गम ठाउँका भिरालो पाखो जमिनमा आकाशे पानीको भरमा खेतीपाती लगाउने गरेका छन । लगाएको बाली पानी नआउँदा सुख्खा खडेरी पर्ने थालेका छन । बाजुराका विभिन्न ठाउँमा वर्षा नआउँदा यहाँका अधिकास कृषक बाली बोटमै पहेँलो भएर सुख्न गरेको छ ।























