दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस युएईमा सम्पन्न भएकाे छ।

कबिराज राजबंशी
२०८२ पुस २९ | बिहान ०२:०९ बजे

 

IMG 20260112 WA0078 e1768251000728

“प्रवासी नेपाली एकता समाज युएईको आयोजनमा” राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस युएईमा भव्य रूपमा सम्पन्न

 

संयुक्त अरब इमिरेट्स (युएई)

राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०४ औं शुभ जन्मोत्सव तथा राष्ट्रिय एकता दिवस भव्य, सभ्य र राष्ट्रिय भावनाले ओतप्रोत वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाली इतिहासका महान् एकीकरणकर्ता पृथ्वी नारायण शाहप्रति श्रद्धा, सम्मान र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रम सम्पन्न भई युएईमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रप्रेमको भावना सुदृढ बनाएको छ।

विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति

कार्यक्रम प्रवासी नेपाली एकता समाज युएईका कार्यवाहक अध्यक्ष श्री नारायण आचार्य ज्युको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास दुबईका उप–महावाणिज्यदूत श्री कृष्ण प्रसाद चापागाई ज्युको गरिमामय उपस्थिति रहेको थियो। यस कार्यक्रम विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक तथा व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

विशिष्ट अतिथिहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्री तोयानाथ लम्साल ज्यु, जनसम्पर्क समिति युएईका उप–सभापति श्री मणी भुर्तेल ज्यु, प्रवास नेपाली सम्पर्क विभाग युएईका विभागीय प्रमुख श्री सुजन थापा ज्यु, एनआरएनए एनसीसी युएईका अध्यक्ष श्री भिम मल्ल ठकुरी ज्यु, नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष श्री चन्द्र प्रसाद सापकोटा ज्यु लगायतको उपस्थिति रहेको थियो। यी सबै उपस्थिति सम्पन्न कार्यक्रममा देखिएको हो।

त्यसैगरी छेत्री समाज नेपाल युएई शाखाका संयोजक श्री कृष्ण बहादुर ढकाल ज्यु, नेपाली समाज युएईका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष श्री बेद प्रसाद अर्याल ज्यु, नेपाली बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभलका सञ्चालक श्री एकेन्द्र बहादुर थापा ज्यु, धरान हेल्पिङ ह्याण्ड्स युएई तथा धरान युनाइटेड क्लब युएईका अध्यक्ष श्री ईश्वर श्रेष्ठ ज्यु, नेपाली समाज युएईका पार्षद अध्यक्ष श्री कमल गिरि ज्यु, छेत्री समाज नेपाल युएई शाखा सह–संयोजक श्री दिपका रावत ज्युको सहभागिता पनि सम्पन्न कार्यक्रममा रहेको थियो।

IMG 20260112 WA0063

विशेष अतिथिहरू र संघ–संस्थाको प्रतिनिधित्व

कार्यक्रम विशेष अतिथिका रूपमा समाजसेवी श्री जे. सागर ज्यु, नवलपुर सेवा समाज युएईका अध्यक्ष श्री गोपाल प्रसाद पराजुली ज्यु, हिन्दू जागरण नेपाल युएई शाखाका निवर्तमान अध्यक्ष श्री भुमिराज कंडेल ज्यु, सनातन गौ संरक्षण युएईका अध्यक्ष श्री दया सागर दाहाल ज्यु, युवा पण्डित श्री प्रदीप दाहाल ज्यु, My Nepal का अध्यक्ष श्री सञ्जिव आर्यवीर ज्यु, DNIG (Dubai Nepalese Influential Group) का Founder श्री मनोज मरहत्ता ज्यु तथा Nepalese in UAE Group का Founder श्री शेखर चापागाई ज्युको उल्लेखनीय उपस्थिति रहेको थियो। यसका अतिरिक्त युएईमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नेपाली समुदायको बाक्लो उपस्थिति देखिएको थियो।

दीप प्रज्वलन र राष्ट्रिय सम्मान

कार्यक्रम श्रीवैष्णव परिषद युएईका गुरुज्यूद्वारा स्वस्तिवाचनसहित दीप प्रज्वलन गरेर सुरु गरिएको थियो। दीप प्रज्वलनमा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण अतिथिहरू सहभागी भई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

  • त्यसपछि नेपाल र संयुक्त अरब इमिरेट्स दुवै देशको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। 
  • युएईमा असामयिक रूपमा निधन भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।

२)स्वागत मन्तव्य र विचार आदानप्रदान

कार्यक्रममा स्वागत मन्तव्य श्रीमती दिपा सुवेदीले दिनुभएको थियो। उहाँले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदान आजको राष्ट्रिय एकता र स्वाभिमानको आधार भएको उल्लेख गर्नुभयो। प्रवासमा रहेर पनि नेपाली पहिचान जोगाउनु सबैको दायित्व भएको सन्देश प्रवाहित गरिएको थियो। मन्तव्य कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पृथ्वी नारायण शाहको दिव्य उपदेश र एकीकरण अभियानबारे विचार राख्दै आपसी एकता र सहकार्यमा जोड दिनुभयो।

IMG 20260112 WA0074

मन्तव्य कार्यक्रम 

• धार्मिक व्यक्तित्व श्री गोपाल प्रसाद पराजुली ज्यु अध्यक्ष, नवलपुर सेवा समाज, युएई

कार्यक्रमका क्रममा ६ वर्षीया नानी रियान्शा ढकालले श्रीमद्भागवत गीता बाट केही श्लोकहरू उच्चारणका साथ पाठ गर्नुभएको थियो। उहाँको आत्मविश्वासपूर्ण प्रस्तुति, उच्चारण र भावपूर्ण वाचनले सम्पूर्ण उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। सानी उमेरमै संस्कृत श्लोकहरूको यति प्रभावकारी प्रस्तुति देखेर सभाहलमा उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा व्यक्त गरेका थिए। उहाँको प्रस्तुति कार्यक्रमको विशेष आकर्षणका रूपमा स्मरणीय रहयो

IMG 20260112 WA0076 e1768250170472

 

२) सामाजिक तथा संस्थागत प्रतिनिधिहरूको मन्तव्य

  • श्री जे. सागर ज्यु समाजसेवी
  • श्री सन्तोष प्राधन समाजसेवी धार्मिक व्यक्तित्व
  • श्री सञ्जिब आर्यवीर ज्यु अध्यक्ष, My Nepal धार्मिक व्यक्तित्व
  • श्री दया सागर दाहाल ज्यु अध्यक्ष, सनातन गौ संरक्षण, युएई

 

३) व्यवसायिक तथा पेशागत संस्थाका प्रतिनिधिहरूको मन्तव्य

  • श्री मनोज मरहट्टा ज्यु संस्थापक, DNIG – Dubai Nepalese Influential Group
  • श्री एकेन्द्र बहादुर थापा ज्यु कोषाध्यक्ष, नेपाली बिजनेस काउन्सिल, युएई तथा संचालक, नमस्ते ट्राभल

 

छाता संस्था तथा परामर्शदाताहरूको मन्तव्य

  • श्री कमल गिरी ज्यु पार्शद अध्यक्ष, नेपाली समाज, युएई
  • श्री बेद प्रसाद अर्याल ज्यु प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष, नेपाली समाज, युएई
  • श्री कृष्ण बहादुर ढकाल ज्यु संयोजक, क्षेत्री समाज नेपाल, युएई शाखा

) राजनीतिक/सम्पर्क संस्थाका प्रतिनिधिहरूको मन्तव्य

  • श्री सुजन थापा ज्यु विभागीय प्रमुख, प्रवासी नेपाली सम्पर्क विभाग, युएई
  • श्री मणी भुर्तेल ज्यु उप–सभापति, जनसम्पर्क समिति, युएई

६) प्रमुख अतिथिको मन्तव्य

श्री कृष्ण प्रसाद चापागाई ज्यु उप–महावाणिज्यदूत नेपाली महावाणिज्यदूतावास, दुबई, संयुक्त अरब इमिरेट्स

कार्यक्रमका प्रमुख अतिथि उप–महावाणिज्यदूत श्री कृष्ण प्रसाद चापागाई ज्युले आफ्नो सम्बोधन गर्दै पृथ्वी नारायण शाहको दूरदर्शी नेतृत्वको चर्चा गर्नुभयो। उहाँले प्रवासी नेपालीहरू नेपालका असल दूत भएको बताउँदै कूटनीतिक र सामाजिक सहकार्यको महत्व औंल्याउनुभयो।

IMG 20260112 WA0064

७) माल्यार्पण कार्यक्रम

(निर्धारित कार्यसूची अनुसार)

८) कार्यक्रम समापन मन्तव्य / सभापति

  • श्री नारायण आचार्य ज्यु कार्यवाहक अध्यक्ष प्रवासी नेपाली एकता समाज, युएई

कार्यक्रमको समापन मन्तव्य सभापति श्री नारायण आचार्य ज्युले दिँदै सबै अतिथि, संघ–संस्था, स्वयंसेवक र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमले प्रवासी नेपालीहरूबीच राष्ट्रप्रेम र ऐक्यबद्धता बलियो बनाएको निष्कर्ष प्रस्तुत गरियो।

IMG 20260112 WA0066 1 e1768250850822

कार्यक्रमको औपचारिक उद्घाटन संस्थाका सचिव श्री रामप्रसाद ढकालज्यूबाट सम्पन्न भएको थियो भने सह–सचिव श्रीमती बसन्ती रायमाझीज्यूले कार्यक्रम सञ्चालनमा सक्रिय सहयोग पुर्‍याउनुभएको थियो। कार्यक्रमका उद्घोषकद्वारा कार्यक्रम आयोजना गरिएको पृष्ठभूमि, उद्देश्य तथा यसको ऐतिहासिक र राष्ट्रिय महत्वबारे उपस्थित महानुभावहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रम सञ्चालनका क्रममा उद्घोषकले सम्पूर्ण कार्यतालिकालाई सुव्यवस्थित रूपमा अघि बढाउँदै सहभागी वक्ताहरूलाई क्रमशः मञ्चमा आमन्त्रण गर्नुभएको थियो। साथै, यस अवसरमा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको ऐतिहासिक योगदान, राष्ट्र एकीकरणमा उहाँले पुर्‍याउनुभएको अतुलनीय भूमिका तथा राष्ट्रिय एकताको सन्देशलाई स्मरण गराउँदै कार्यक्रमलाई अर्थपूर्ण र गरिमामय बनाइएको थियो।

कमेन्टहरु