शुद्धाेधनमा वडा स्तरीय हिन्दु युवा शक्तिकाे समिति गठन


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धाेधन गाउँपालिका वडा स्तरीय हिन्दु युवा शक्तिको समिति गठन भएको छ । शुद्धाेधन गाउँपालिका वडा नं ६ गाैरामा वडा स्तरीय समिति गठन भएको हो ।

शुद्धाेधन गाउँपालिका वडा नं ६ गाैरामा वडा स्तरीय समिति गठनमा अध्यक्ष राम प्रकाश गिरी, उपाध्यक्ष राजेश कुमार लाेध, काेषाध्यक्ष अकलेश यादव, सचिव त्रियुगी नारायण विश्वकर्मा, सहसचिव विकास लाेध, सदस्य नन्दलाल हरिजन, राम करण यादव, प्रदिप कुमार मिश्रा, रजिन्द्र धाेबी, प्रवक्ता मनाेज कुमार मिश्रा र सल्लाहकार दिननाथ यादव रहेका छन् ।

हिन्दु युवा शक्ति जिल्ला अध्यक्ष फागुराम पाण्डेय, महासचिव विषणु प्रसाद तिवारी, सचिव अभिषेक माणी यादव मायादेवी गाउँपालिका पालिका स्तरीय अध्यक्ष देवेन्द्र वर्मा, बुद्धभुमि नगरपालिका नगर कमिटी अध्यक्ष सन्दिप पाैडेल लगायत अन्य व्यक्तिहरु पनि उपस्थिति रहेको थियो ।



























