२९ गतेको उपत्यका बन्दलाई समर्थन गर्याे विद्यार्थी स्वयंसेवक नेपालले सहयोग गर्न अपिल


काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालले समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ वटा पार्टीले आयाेजना गरेको यहीँ पाैस २९ गतेका उपत्यका बन्दलाई समर्थन गरेको छ । उक्त संगठनले भनेको छ : `हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका लाई पूर्ण रूपमा प्राप्त गर्न निरन्तर संघर्षको बाटोमा छ। हाम्रो शैक्षिक एवम् प्राज्ञिक अधिकार समाप्त पार्न खोज्ने दलालहरूका विरुद्ध निरन्तर संघर्ष गरिरहेको छ। हाम्रो साझा फुलबारी नेपालको रक्षार्थ र संरक्षणको लागि संघर्ष गरीरहेको छ। हाम्रो सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, रोजगार, वन जङ्गल, जमिन नदि नाला र कृषिको लुटपाट र समाप्त पार्ने जस्तोसुकै विदेशी दलालहरूका विरुद्ध जेहाद छेड्दै अगाडि बढी रहेको छ। मुख्यतः राष्ट्रियता भनेको सत्ता, अदालत र सेना हो। जनतन्त्र भनेको जनताले चलाउने सत्ता, अदालत र सेना हो। र जनजिविका भनेको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना, खेलकुद र मनोरन्जन हो। यी तिनै कुराहरुको पहिचान नै हाम्रो भाषा, संस्कृति, सम्पदा, संस्कार, बलिदान, त्याग, समर्पण र सम्मान हो। यसलाई विदेशी दलालहरूले समाप्त पारि विदेशीहरूको ईसारामा चल्दै देशमा विचण्डा मच्चाई रहेका छन्। हामीलाई किमार्थ विदेशी दलालहरुको विचण्डता स्विकार्य छैन् तसर्थ आम समुदायहरूलाई राष्ट्रियता, जनतन्त्र र जनजिविको रक्षार्थ एकताबद्ध संघर्षमा उत्रिन अपिल गर्दै विदेशीहरूको सेवा गर्ने, विचण्डा मच्चाउने, अराजकता मच्चाउने, हाम्रो साझा फुलबारीका फुलहरू भाषा, कला, संस्कृति, सम्पदा र संरचनाहरू मास्ने ध्वस्त पार्ने, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखाना ध्वस्त पार्ने जुनसुकै तहका विदेशी दलालहरूको विरुद्धमा जनप्रतिवादमा उत्रिन समेत विशेष अपिल गर्दछौं। हाम्रो विद्यार्थी स्वयंसेवक नेपाल त्यस्ता कुकर्म र अपराधहरूको विरुद्धमा जुनसुकै तहमा रहेका विदेशी दलालहरूका विरुद्धमा संघर्ष गर्ने उद्घोष समेत गरेका छौं। यो हाम्रो सुस्प्रस्ट विचारलाई सम्बोधन गर्न उन्मुख भएको समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ कम्युनिस्ट पार्टीहरुद्धारा गठित केन्द्रीय संघर्ष समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु प्रति ऐक्यबद्धता जाहेर गर्दछौं।”
`यहीं पुस २९ गतेको उपत्यका बन्दलाई समर्थन गर्दै सहयोग गर्न अपिल गर्दछौ ! उक्त दिन सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरि सहयोग गर्न अपिल गर्दछौं ।´ उक्त संगठनले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
`यहीं पुस २९ गतेको उपत्यका बन्दलाई समर्थन गर्दै सहयोग गर्न अपिल गर्दछौ !
हाम्रो देश यतिबेला संकट ग्रस्त अवस्थाबाट गम्भीर मोडबाट गुज्रिरहेको छ। हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका पुर्ण रूपमा विदेशी दलालहरूले चिरहरण गरेका छन् । त्यसैको परिणामस्वरूप आज हाम्रो राष्ट्रको सम्पूर्ण संरचनाहरू ध्वस्त बनाईएको छ। हाम्रो स्वाधीन गौरव पुर्ण इतिहासहरू नामेट पार्न अन्तिम प्रयत्न भईरहेको छ। जसका कारण नेपाल नेवारी भाषा र सम्पदा, लिच्छवि, मल्ल, खस सिजा, थारू अवध-मैथिली, बुद्ध शान्ति र बलिदानका पहरेदार गुरुङ, मगर लगायतका हाम्रा सम्पूर्ण समुदायहरूको साझा चौपारी हाम्रो नेपाल देश माथि विदेशी साम्राज्यवादको आक्रमणबाट समाप्त पार्ने कुचेष्टा हुदैछ, योजना बन्दैछ । त्यति मात्रै होईन् सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, रोजगार, वन जङ्गल, जमिन, नदि नाला र कृषिको पुर्णरूपमा लुटपाट मच्चाईएको छ, विध्वंस गरिएको छ र समाप्त पारिएको छ।
यस्तो विषम परिस्थितिमा हाम्रो विद्यार्थी स्वयंसेवक नेपाल चुप लागेर बस्न सक्दैन्। हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका लाई पूर्ण रूपमा प्राप्त गर्न निरन्तर संघर्षको बाटोमा छ। हाम्रो शैक्षिक एवम् प्राज्ञिक अधिकार समाप्त पार्न खोज्ने दलालहरूका विरुद्ध निरन्तर संघर्ष गरिरहेको छ। हाम्रो साझा फुलबारी नेपालको रक्षार्थ र संरक्षणको लागि संघर्ष गरीरहेको छ। हाम्रो सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, रोजगार, वन जङ्गल, जमिन नदि नाला र कृषिको लुटपाट र समाप्त पार्ने जस्तोसुकै विदेशी दलालहरूका विरुद्ध जेहाद छेड्दै अगाडि बढी रहेको छ। मुख्यतः राष्ट्रियता भनेको सत्ता, अदालत र सेना हो। जनतन्त्र भनेको जनताले चलाउने सत्ता, अदालत र सेना हो। र जनजिविका भनेको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सुचना, खेलकुद र मनोरन्जन हो। यी तिनै कुराहरुको पहिचान नै हाम्रो भाषा, संस्कृति, सम्पदा, संस्कार, बलिदान, त्याग, समर्पण र सम्मान हो। यसलाई विदेशी दलालहरूले समाप्त पारि विदेशीहरूको ईसारामा चल्दै देशमा विचण्डा मच्चाई रहेका छन्। हामीलाई किमार्थ विदेशी दलालहरुको विचण्डता स्विकार्य छैन् तसर्थ आम समुदायहरूलाई राष्ट्रियता, जनतन्त्र र जनजिविको रक्षार्थ एकताबद्ध संघर्षमा उत्रिन अपिल गर्दै विदेशीहरूको सेवा गर्ने, विचण्डा मच्चाउने, अराजकता मच्चाउने, हाम्रो साझा फुलबारीका फुलहरू भाषा, कला, संस्कृति, सम्पदा र संरचनाहरू मास्ने ध्वस्त पार्ने, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखाना ध्वस्त पार्ने जुनसुकै तहका विदेशी दलालहरूको विरुद्धमा जनप्रतिवादमा उत्रिन समेत विशेष अपिल गर्दछौं। हाम्रो विद्यार्थी स्वयंसेवक नेपाल त्यस्ता कुकर्म र अपराधहरूको विरुद्धमा जुनसुकै तहमा रहेका विदेशी दलालहरूका विरुद्धमा संघर्ष गर्ने उद्घोष समेत गरेका छौं। यो हाम्रो सुस्प्रस्ट विचारलाई सम्बोधन गर्न उन्मुख भएको समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ कम्युनिस्ट पार्टीहरुद्धारा गठित केन्द्रीय संघर्ष समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु प्रति ऐक्यबद्धता जाहेर गर्दछौं। उक्त संघर्ष समितिले यहीँ पुस २९ गते उपत्यका बन्दको आयोजना गरेको कार्यक्रमलाई सफल बनाउन हाम्रो संगठनका सम्पूर्ण समितिहरुलाई सक्रियता पुर्वक लाग्न निर्देशन गर्दछौं। उक्त दिन सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरि सहयोग गर्न अपिल गर्दछौं ।
मिति २०८२/०९/२७ गते
मुक्ति गैरे
संयोजक´
























