नवलपरासीमा गठन भयो समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ पार्टीको चुनाव विरोधी माेर्चा


बुटवल । नवलपरासीमा समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित ६ वटा कम्युनिस्ट पार्टीकाे चुनाव बहिष्कार विरोधी माेर्चा गठन भएको छ । समाजवादी कम्युनिस्ट पार्टी नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा(बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(जनपक्ष) लगायतका कम्युनिस्ट पार्टीहरुले यस्तो माेर्चा गठन गरेका हुन् । माेर्चाले अन्य संसदीय चुनाव बिराेधि माेर्चा, पार्टी र समुहलाई समेट्दै लाने माेर्चाका संयाेजक रवि पाण्डेले बताए । अहिले उक्त नवगठित विरोधी माेर्चामा समाजवादी कम्युनिस्ट पार्टी नेपालबाट जगत बहादुर गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट रवि पाण्डे, नेकपा बहुमतबाट मणि रहनु भएको छ । उक्त नवगठित माेर्चाले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
`नवलपरासी जिल्ला संयुक्त संर्घष समिति
विषय : प्रेस बक्तब्य
स्वाधीन संयुक्त जनसरकारको गठन र जनसंविधानको निम्ति देशव्यापी जनसंर्घष संचालन गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपक्ष) र नेकपा बीच केन्द्रीयस्तरका केन्द्रीय संयुक्त संर्घष समिति गठन भएको बिषय सर्वविदितै छ । संसदवाद विरोधी एंव क्रान्तिकारी धाराका ६ पार्टीको केन्द्रीय संयुक्त संर्घष समितिमा सम्मिलित मध्ये नवलपरासीमा क्रियाशिल तीनवटा पार्टीहरुबीच नवलपरासी जिल्लास्तरमा क. रवि पाण्डेयको संयोजकत्वमा कमणि र कछम बहादुर गुरुङ रहनुभएको नवलपरासी जिल्ला संयुक्त संर्घष समिति गठन भएको व्यहोरा जानकारी दिदै साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचन बहिष्कारको कार्यक्रम सार्वजनिक गरेका छौ । तपशिल १) पौष २७ गते पर्चा वितरण तथा प्रचार प्रसार कार्यक्रम ।
२) पौष २८ गते पालिकास्तरका मशाल जुलुस ।
३) माघ २ गते बुटवलमा आयोजित निर्वाचनको औचित्यहीनता बारे अन्तरक्रियामा सहभागी भई सफल बनाउने ।
४) माघ ५ गते जिल्लाव्यापी विरोध कार्यक्रम ।
नोट: थप संर्घषका कार्यक्रम यस पछि सार्वजनिक गरिनेछ ।
























