ज्येष्ठ नागरिकलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

जगत ठाडा मगर
२०७८ साउन २५ | बिहान ०८:०४ बजे

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई (आज) सोमबारदेखि दोस्रो डोज दिन लागिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दिन लागिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताएको छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने छ ।






















