राजनीति

समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे मेचीमहाकाली जनअभियान २०८२ उद्धघाटन सम्पन्न

नवलपुर टुडे
२०८२ पुस २६ | मध्यान्ह १२:०९ बजे

सुर्खेत । समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेमा जनअभियान २०८२ उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह “समरजंग” नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाँउपालिका – २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कपि) वितरणका कार्यक्रम सहित  “जनतामा जाओैँ !, जनताकाे  सेवा गराै !! मेचीमहाकालि जनअभियान २०८२” उद्घाटन गरेकाे हाे ।

कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित, जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त  कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिय भने विशेष अतिथिका रुपमा पार्टीका स्थायी कमिटि सदस्यहरु,वडा अध्यक्ष, विद्यालयका शिक्षक, शिक्षिकाहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन रेडियम सिहले गरेका थिय । अभियान उद्घाटनकाे दाेश्राे दिन शिक्षा युवा तथा खेलकुद शाखा कुशे गाँउपालिकाकाे समन्वयमा र मालटाकुरा माध्यमिक विद्यालय कुशे-४ तम्तिकाे आयाेजनामा अन्तर माध्यमिक विद्यालय हाजिर जवाफ प्रतियाेगिता र नृत्य प्रतियोगिता कार्यक्रम पार्टीले पुरस्कार र शैक्षिक सामाग्रीहरु वितरण गरेको थियोे ।

कमेन्टहरु