देउवालाई संकेत गर्दै पौडेलले भने `सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्´


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको पौडेलको आरोप छ । पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले लेखेका छन् – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।
नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् –पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन सक्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।






















