संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री

रासस
२०८२ पुस २४ | मध्यान्ह ०३:०९ बजे

काठमाडौँ, पुस २४। गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ ।मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताउनुभएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनको वातावरण बनाउन मिडियाले सहयोग गरेका बताउनुभयो ।


















