यूएईमा ‘चौथो एनआरएनए कप भलिबल प्रतियोगिता–२०२६’ हुने


यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली भलिबल खेलाडीहरूलाई लक्षित गर्दै नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएईको आयोजनामा “चौथो एनआरएनए कप भलिबल प्रतियोगिता–२०२६” आयोजना हुने भएको छ।
हरेक वर्षझैं यस वर्ष पनि “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिता आगामी २५ जनवरी २०२६ (आइतबार) का दिन दुबईको अल वासल स्टेडियम, अल जदफ मा सम्पन्न हुनेछ। प्रतियोगिता बिहान ८:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
एनआरएनए एनसीसी, यूएईले निमन्त्रणा पत्र जारी गर्दै यूएईमा क्रियाशील विभिन्न संघ–संस्था, भलिबल क्लब तथा भलिबलप्रेमी नेपाली खेलाडीहरूलाई प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ। प्रतियोगिता यूएईमा रहेका नेपाली खेलाडीहरूबीच मात्र सीमित रहनेछ।
प्रतियोगिताका मुख्य नियमहरू
- खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को अधीनमा रही नेपाल भलिबल संघ (NVA) का नियमअनुसार सञ्चालन हुनेछ।
- प्रत्येक टिममा १० जना खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक अनिवार्य गरी कुल १२ जना रहनेछन्।
- खेलसम्बन्धी प्राविधिक वा अन्य विवादमा रेफ्री तथा आयोजक समितिको निर्णय अन्तिम हुनेछ।
- खेलका क्रममा लाग्ने चोटपटकको जिम्मेवारी आयोजकले नलिने भएकाले टिमहरूले प्राथमिक उपचार सामग्री आफैं ल्याउनुपर्नेछ।
- खेलाडीहरूले अनुशासनपूर्वक खेल प्रदर्शन गर्नुपर्नेछ।
- प्रतियोगिता पोल ‘ए’ र पोल ‘बी’ प्रणालीमा सञ्चालन हुनेछ।
- टाइसिटअनुसार तोकिएको समयमा उपस्थित नभएमा सम्बन्धित टिम स्वतः प्रतियोगिताबाट बाहिरिनेछ।
- टिम क्याप्टेन वा व्यवस्थापकले खेल समयभन्दा कम्तीमा ३० मिनेट अगाडि अफिसियल डेस्कमा सम्पर्क गर्नुपर्नेछ।
- अभद्र व्यवहार, दुव्र्यवहार, अपशब्द प्रयोग वा मादक पदार्थ सेवन गरी मैदान प्रवेश गर्नेलाई यूएई प्रशासनमा जिम्मा लगाइनेछ।
टिम दर्ता र टाइसिट
- टिम दर्ता अन्तिम मिति: १८ जनवरी २०२६, साँझ ६:०० बजे
- दर्ता शुल्क: १२५० दिराम
- टाइसिट: १८ जनवरी २०२६ (आइतबार), साँझ ७:३० बजे
- स्थान: सयपत्री ट्राभल वर, दुबई बसपार्क पेट्रोल पम्प नजिक
- टाइसिटमा प्रत्येक टिमबाट एक प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेछ।
- टाइसिट कार्यक्रम एनआरएनए एनसीसी, यूएईको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पुरस्कार राशिहरु
- प्रथम पुरस्कार: ११,१११ दिराम, कप, मेडल र प्रमाणपत्र
- दोस्रो पुरस्कार: ६,६६६ दिराम, कप, मेडल र प्रमाणपत्र
- तेस्रो पुरस्कार: ३,३३३ दिराम, कप, मेडल र प्रमाणपत्र
विधागत पुरस्कारहरु
- उत्कृष्ट खेलाडी
- बेस्ट स्पाइकर
- बेस्ट लिब्रो
- बेस्ट सेटर
- बेस्ट सर्भर
- बेस्ट ब्लकर
- बेस्ट कोच
आयोजकका अनुसार यस प्रतियोगिताले यूएईमा रहेका नेपाली खेलाडीबीच आपसी सद्भाव, खेल भावना र स्वास्थ्यप्रति जागरूकता बढाउने विश्वास लिइएको छ।























