ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो घाइते


ब्रसिलिया । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो जेलमा लडेर घाइते भएका छन् । मंगलबार बिहान जेलभित्र आफ्नो कोठामा सुत्नै लाग्दा उनी लडेको र टाउकोमा चोट लागेको बोल्सोनारोकी पत्नीले सामाजिक सञ्जालमा एउटा पोस्टमा बताएकी छिन् ।‘मेरो श्रीमानलाई सन्चो छैन,’ मिसेल बोल्सोनारोले लेखेकी छिन् । उनको उपचार भएको बताइएको छ । बोल्सोनारोको मस्तिष्कमा चोट लागेकोले थप परीक्षण गरिने बताइएको छ ।
नोभेम्बरयताबोल्सोनारोब्रसिलियाको सङ्घीय प्रहरी मुख्यालयको जेलमा छन् । सन् २०२२ को निर्वाचनमा पराजय पछि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाविरुद्ध ‘कू’ को षडयन्त्र रचेको मामिलामा उनी २७ वर्षे जेल सजाय काटिरहेका छन् ।
यसअघि वकिलहरूको टोलीले बोल्सोनारोलाई घरमै नजरबन्दमा यो सजाय काट्न अनुमति दिन अदालतसँग अनुरोध गरेका थिए । तर न्यायाधीशले यो अनुरोध खारेज गरिदिए ।यस मामिलामा आफूले सोधेको प्रश्नमा ब्राजिलको सङ्घीय प्रहरीले कुनै पनि प्रतिक्रिया नदिएको भन्दै साउथ चाइना मर्निङ पोस्टले समाचारमा लेखेको छ ।























