समाचार

श्रीलङ्कामा अवैध मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु

रासस
२०८२ पुस २२ | मध्यान्ह ०४:०९ बजे

काठमाडाैँ । श्रीलङ्काको उत्तरपश्चिमी प्रान्तमा अवैध रूपमा बनाइएको मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको छ ।प्रहरीका मङ्गलबार मदिरा सेवन लगत्तै तीन जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

 
 
 

श्रीलङ्कालीहरूले प्रयोग गर्ने मधिराहरु मध्ये करिब ४० प्रतिशत अवैध मधिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

 

श्रीलङ्काका मा मुख्य रूपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मधिरा सँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटनाहरू रेकर्ड गरेको जनाइएको छ ।

कमेन्टहरु