पत्रकार यादवको अभियानमा अफरोज कतारको जेलबाट छुटे


दोहा, कतार । कतारको जेलमा रहेका सिरहाको औरही गाउँपालिका ५ का अफरोज शेख मिया जेल मुक्त भएका छन। आर्थिक लेनदेन( चेक बाउन्स) को मुद्दामा कतारको जेलमा रहेका अफरोजलाई कतार अदालतको फैसला अनुसार जरिवाना तिर्न नसक्दा अफरोज विगत दुई वर्षदेखि जेलमा थिए।
उनको घरको अवस्था एकदमै कमजोर रहेको छ । अदालतले सुनाएको जरिवाना तिर्न नसक्ने खबर पाएपछि पत्रकार सन्तोष यादवले आर्थिक संकलन अभियान चलाएका थिए र अन्तत: अफरोज गत शनिबार जेलबाट मुक्त भएका हुन।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको समन्वयमा तृतीय उपाध्यक्ष जहांगीर आलम र अफरोजको सालोकै नातामा पर्ने लहान नगरपालिका १८ का मोहम्मद अहममदले कानुन प्रक्रिया पूरा गर्न विशेष भुमिका रहेको पत्रकार यादवले बताए। अफरोज छुटेपछि अभियान सफल बनेको भन्दै पत्रकार यादवले अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।























