मधेस प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन जनवरी १६ मा हुने

रामएकवाल राम
२०८२ पुस २१ | मध्यान्ह ०६:०९ बजे

दोहा, कतार । मधेस प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन हुने भएको छ। अगामी जनवरी १६ तारिख मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशनको लागि तयारी भईरहेको संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखले जानकारी दिनु भएको छ।
मधेशीहरुको एकता, आजको आवस्यकता भन्ने मुल नारासहित सन् २०२१ मा स्थापना भएको मधेश प्रदेश समन्वय परिषद कतारले दोस्रो अधिवेशन गर्न लागेको हो।
दोहामा स्थापित सम्पूर्ण संघ संस्था, वैचारिक, सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता, व्यवसायी, पत्रकार, कलाकारहरु लगायत सम्पूर्णमा उपस्थितिको लागि आग्रह गरेको आयोजक समितिले जनाएको छ।
साथै कार्यक्रम स्थलपछि तय हुने आयोजना समितिले जानकारी दिएको छ।























