सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

रासस
२०८२ पुस २१ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ, पुस २१। गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ भन्नुभएको छ ।
गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभएको हो ।
छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


















