दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति

महिला समाज यूएईले प्रथम अधिवेशन एवम् कार्यसमिति घोषणा कार्यक्रम सम्पन्न गरेको छ

कबिराज राजबंशी
२०८२ पुस २१ | मध्यान्ह ०१:०९ बजे

Messenger creation 43909117 20EA 4A2D BCB2 1F72A9BB2BF8

सशक्त महिला समृद्ध समाज हामी सबैको साझा प्रयास भन्ने नाराका साथ स्थापित संस्था महिला समाज यूएईले आफ्नो प्रथम अधिवेशन एवम् कार्यसमिति घोषणा कार्यक्रम सम्पन्न गरेको छ । यूएईको ग्राण्ड एम्बेस्डर होटलमा आइतबार ०४ जनुबारी २०२६ को दिन समाजले अधिवेशन सम्पन्न गरेको हो।

 

नेपाली राजदूतावास आबुधाबीका उपनियो प्रमुख रन्जिता दाहालको प्रमुख आतिथ्यता एवम् सीता भण्डारीको कार्यक्रम संयोजकत्व र रमा न्यौपाने पन्थ को कार्यक्रम संचालन सम्पन्न कार्यक्रमबाट बर्ष २०२६/०२८ का लागि कार्यसमिति घोषणा गरिएको छ । समाजका लागि स्वेता नेपालको अध्यक्षतामा २८ सदसिय कार्यसमिति गठन गरेको छ ।

Messenger creation 622BEB9E 2C7A 44DB 88FB 891B52C3D5E4

त्यस्तै, प्रथम अधिवेशन मा प्रमुख संरक्षक पार्बता सिकदेल,प्रमुख सल्लाहकार कला पंगेनी सहीत ४ सल्लाहकार समिति र २ वटा संगठन विभाग गठन गरिएको छ।

यूएईका पदाधिकारीहरु :-

अध्यक्ष – स्वयता नेपाल

वरिष्ठ उपाध्यक्ष – सीता भण्डारी

 उपाध्यक्ष:

कमला पाण्डे

गोमा भट्टराई

गोपिनी शहा

महासचिब – कल्पना के.सी.

सचिब :

सिता थापा

सिता गैरे

कोषाध्यक्ष – विन्दु पाण्डे

सह कोष्ध्यक्ष – मनिता अधिकारी

प्रबक्ता – सोभा कडरिया

केन्द्रीय सदस्य :

प्रबता अर्याल

समझना पोखरेल

राधिका घिमिरे

स्नेह शर्मा

सानू खाती

तिला पोखरेल पन्थ

मीना कुमारी पोखरेल

देबि कुमारी चपागाई

जानुका घिमिरे

सुनीता न्यौपाने

लक्ष्मी चापगाई

रीता लामा

अम्बिका के.सी.

मुरनुका राई

दीना भण्डारी

प्रमुख शाल्हाकार :- कला पंगेनी

प्रमुख संरक्षक :- पार्बता सिकदेल

सांस्कृतिक बिभाग : प्रर्किती. रेग्मी

संगठन बिभाग : शान्ता बेल्बासेरहनु भएको छ।

Messenger creation 4033603E 1566 43F1 B813 009D83F58919

कार्यक्रम बोल्दै प्रमुख अतिथि ज्यु ले महिला समाज यूएई ले यूएईमा रहेका नेपाली महिलाहरूको हक, हित, अधिकार, सुरक्षा तथा सशक्तीकरणलाई केन्द्रमा राखी सामाजिक, सांस्कृतिक,मानवीय तथा घरेलु श्रमिक, सेवा क्षेत्र, व्यवसाय तथा विभिन्न पेशागत भूमिकामा आबद्ध रहेका महिला दिदी बहिनी हरु ले। भोग्नुपरेका सामाजिक, श्रमसम्बन्धी, मानसिक तथा पारिवारिक चुनौतीहरूलाई सम्बोधन गर्न संस्थागत पहल आवश्यक रहेको महसुस गर्दै महिला समाज यूएई गठन भएको मा खुसी ब्यक्त गर्नु भयो।साथै नव निर्बाचित अध्यक्ष ले बोल्दै संस्थाले महिलाहरूबीच आपसी सहयोग, एकता, समझदारी र नेतृत्व क्षमताको विकास गर्दै सशक्त महिला समाज निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो

कमेन्टहरु