रौतहटमा ईभी गाडिको ठक्करबाट एक जनाको मृत्यु

अशोक यादव
२०८२ पुस २१ | मध्यान्ह ०१:०९ बजे

रौतहट । सवारी दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका-१ स्थित भुवाली चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएका हुन ।
ईभी गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने युवक बौधिमाई नगरपालिका–२ इनर्वा निवासी दिपेन्द्र बैठा रहेको छ ।
बिहान ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको बैठाले चलाउदै गरेको मोटरसाइकल भुवाली चोकमा ठोक्किएका थिए । घटनामा परी मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले नवलपुर टुडेलाई बताएको छ ।
दुर्घटनापछि घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।























