राजनीति

स्वाभिमानलाई नामेट पार्ने षड्यन्त्रविरुद्ध चनाखो रहनुपर्छ : विद्यार्थी स्वयंसेवक नेपाल

नवलपुर टुडे
२०८२ पुस २१ | बिहान १०:०९ बजे

 

काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालकाे केन्द्रीय समिति विशेष अपिल गर्दै भन्यो `आज नेपालीहरूले राष्ट्रनिर्माण र रक्षामा प्रदर्शन गरेको वीरता र बहादुरी, स्वाधीनताको लडाइँमा भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरूको स्वाभिमानलाई नामेट पार्ने षड्यन्त्रविरुद्ध चनाखो रहनुपर्छ।´ 

अपिल जस्ताको त्यस्तै :
विद्यार्थी स्वयंसेवक नेपालको विशेष अपिल ।
शासकले गरेको भ्रष्टाचार, कुशासन, बेथिति, हिंसा, बलात्कार, छुवाछूत, विभेद, निषेध, बेरोजगार, वित्तीय-श्रम शोषण, दमन, महँगी, मूल्यवृद्धि, कालोबजारी, तस्करी, प्रवासन, नवयुवा विद्यार्थी-प्रतिभा तथा पुँजी पलायन, जनघात र राष्ट्रघातका कारण नेपाली जनसमुदाय र विशेषतः नवयुवा-विद्यार्थी वर्गमा तीव्र आक्रोश, वितृष्णा र घृणा बढिरहेको छ। यसका कारण नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको सरकार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र असफल र बदनाम भइसकेको थियो। यसैको परिणामस्वरूप पटकपटक सरकारको नेतृत्व गरिरहेका दलहरूप्रति देशका सम्पूर्ण क्षेत्रहरूमा जनआक्रोश पैदा भयो र नवयुवा-विद्यार्थी विद्रोह भयो । यसैको फाइदा लिँदै विभिन्न नाममा पुनरुत्थानवादी, यथास्थितिवादी तथा दलालहरूले अराजकता र वितण्डा पनि मच्चाए। उनीहरूको एक मात्र चाहना थियो देशलाई बदनाम, असफल र नकाम साबित गर्नु र आफ्नो स्वार्थको रोटी सेक्नु। विगतदेखि नै नेपालको राष्ट्रियता, भाषा, शिक्षा, उत्पादन, आम्दानी, इतिहास र संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ। देशभक्त, क्रान्तिकारी, आमूल परिवर्तनका पक्षधर नेपाली जनता नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र आमूल परिवर्तनको सङ्घर्षमा लामबद्ध हुनु अत्यावश्यक भइसकेको छ।

आज नेपालीहरूले राष्ट्रनिर्माण र रक्षामा प्रदर्शन गरेको वीरता र बहादुरी, स्वाधीनताको लडाइँमा भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, बलभद्र शाह, उजीरसिंह थापाहरूले प्रदर्शन गरेको वीरता र गौतम बुद्ध, अंशु बर्मा, सीता, पासाङ ल्हामु शेर्पा, शङ्खधर साख्वाः, फाल्गुनन्द, जयपृथ्वीबहादुर सिंहहरूको स्वाभिमानलाई नामेट पार्ने षड्यन्त्रविरुद्ध चनाखो रहनुपर्छ। दलालहरूले नेपाली भाषा र शिक्षा, उत्पादन र आम्दानी, इतिहास र संस्कृक्तिमाथि हमला गरी उनीहरूको अभीष्ट पूरा गर्न विभिन्न उन्मूलन र समताको अभियान, फाउन्डेसन र काउन्सिलका नाममा युग परिवर्तनको फन्डा मच्चाउँदै आयातित नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थालाई नै सुदृढ गरिरहेका छन्। नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाले नेपाली जनसमुदायहरूमा पैदा गराएको तीव्र वितृष्णा, घृणा र जनआक्रोशको विष्फोटलाई उपयोग गरी २०८२ भदौ २३ गतेको नवयुवा विद्यार्थी विद्रोहको बहानामा २४ गते नेपालका सम्पदा र ऐतिहाँसिक राष्ट्रिय सम्पतीहरू ध्वस्त बनाउने तत्वहरू क्रियाशील भए। अन्ततः देश पूर्ण रूपमा दलालहरूले कब्जा गरी यथास्थितिकै नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ नामको आफ्नो सरकार बनाउन सफल भए। यस परिघटनाले अझै झन् आगामी दिनहरूमा हाम्रो देशमाथि गहिरो सङ्कट, अशान्ति र युद्धले ढाकिएको नेपाली बादल खडा हुनेछ ।

तसर्थ यस्तो नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको समाधान भनेको वैज्ञानिक समाजवादको स्थापना हो। वैज्ञानिक समाजवादमा बाहेक अरू कुनै पनि व्यवस्थामा राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षासहित आम नवयुवा विद्यार्थीका हकहित र शैक्षिक अधिकार सुनिश्चित हुन सक्दैन। वैज्ञानिक समाजवादी शिक्षा प्रणाली पनि प्राप्त गर्न असम्भव छ। नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाबाट जन्मिएको नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षा प्रणालीले निराशा, शैक्षिक बेरोजगारी, प्रवासन, विद्यार्थी-प्रतिभा र पुँजी पलायन गरिरहेको छ । सामाजिक सेवाको क्षेत्र शिक्षामा व्यापारीकरण, दलालीकरण र माफियाकरण तीव्र रूपमा गरिरहेको छ। सङ्घर्ष, बलिदान र विजयको गौरवशाली इतिहास बोकेको विद्यार्थी स्वयंसेवक नेपाल आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको ग्यारेन्टी तथा नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षा प्रणालीको आमूल परिवर्तन, गुणात्मक सुधारका लागि शैक्षिक एवम् विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेको छ। आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको सुनिश्चितताका खातिर अविचलित रूपमा सही विचार, दृष्टिकोण एवम् महान् लक्ष्यसहित निरन्तर सङ्घर्षरत छ । सङ्गठन आम विद्यार्थीका हकहित र शैक्षिक अधिकार ग्यारेन्टीको आन्दोलनलाई समग्र वर्गसङ्घर्षसँग एकाकार गर्दै अगाडि बढिरहेको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको त्रिआयाम सङ्घर्षको निरन्तर नेतृत्व गरिरहेको सर्वविदितै छ। यस महान् सङ्घर्षमा अगाडि बढ्न नवयुवा-विद्यार्थी, शिक्षाविद्, प्राध्यापक, राष्ट्रप्रेमी, देशभक्त, प्रगतिशील, क्रान्तिकारी, कम्युनिस्ट-समाजवादी-साम्यवादी, वकिल, कर्मचारी, राष्ट्रसेवक कर्मचारी सबै सबैमा समेत विशेष अपिल गर्दछौं ।
विद्यार्थी स्वयंसेवक नेपालको स्थापनाकालदेखि उपलब्धिमूलक कार्य, नेतृत्व र पहलकदमीहरू ।
१) प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि !
२) १०% छात्रवृत्तिको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि ।
३) निजी स्कुल तथा क्याम्पसहरूमा शुल्क निर्धारण मापदण्ड निर्माणको पहल र नेतृत्व ।
४) विदेशी सम्बन्धन लिएका निजी क्याम्पसहरूको नियमनको आन्दोलनको निरन्तर नेतृत्व ।
५) सीबीएसी बोर्डद्वारा सञ्चालित अवैध स्कुलहरूविरुद्धको आन्दोलनको निरन्तर नेतृत्व !
६) शैक्षिक परामर्श दातृ संस्थाहरूको विकृति र विसङ्गतिका विरुद्धको आन्दोलनको निरन्तर नेतृत्व ।
७) परम्परागत स्वतन्त्र विद्यार्थी युनियनको पुनर्सरचनाको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि ।
८) शिक्षामा वैदेशिक अतिक्रमण र हस्तक्षेपविरुद्धको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि !
१०) विद्यार्थीका मौलिक एवम् शैक्षिक अधिकार सुनिश्चित गर्न निजी स्कुल तथा क्याम्पसहरूमा ‘विद्यार्थी काउन्सिल’ खोल्न पाउने आन्दोलनको सुरुआत !
११) विद्यार्थी हकहित र अधिकारको अग्रश्रेणीमा सङ्घर्षको निरन्तर नेतृत्व र उपलब्धि !
१२) राष्ट्रियता, जनतन्त्र र जनजीविकाको त्रिआयाम सङ्घर्षको निरन्तर नेतृत्व ।
१३) शैक्षिक व्यापक शैक्षिक सुधारको आन्दोलनको निरन्तर नेतृत्व ।
१४) एकमुष्ट शैक्षिक शुल्क खारेजीको सङ्घर्षको निरन्तर नेतृत्व र उपलब्धि ।
१५) शिक्षामा निजीकरण र व्यापारीकरणविरुद्ध निरन्तर सङ्घर्षको नेतृत्व ।
१६) तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्‌अन्तर्गतका तत्कालीन उमाविहरूमा शैक्षिक सुधार, प्रशासनिक सुधार र व्यवस्थापकीय सुधारको सङ्घर्षको निरन्तर नेतृत्व र उपलब्धि ।
१७) सबै क्षेत्रमा विद्यार्थी सहुलियतको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि !
१८) विश्वविद्यालय सुधारको आन्दोलनको निरन्तर नेतृत्व र उपलब्धि ।
अभिवादन सहित ।
मुक्ति गैरे
संयोजक
विद्यार्थी स्वयंसेवक नेपाल केन्द्रीय समिति

कमेन्टहरु