मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेविसंघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजकमा शाही

उमेश रोकाया
२०८२ पुस २० | मध्यान्ह ११:०९ बजे

बाजुरा , पुष २० । नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पदमा बाजुराका सुमन जंग शाही जिम्मेवारी पाएका छन ।

‎नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पद रिक्त भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पदको जिम्मेवारी सुमन जंग शाहीलाई दिइएको छ ।

‎नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनु हुनेछ । मनोनयनले संघलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिँदै कार्यकाल सफलताको शुभकामना दिएको नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रिय समन्वय समितिले जनाएको छ ।

कमेन्टहरु