नेविसंघ सि.टि.ई.भि.टी. केन्द्रीय समन्वय समितिको उपाध्यक्षमा भण्डारी

उमेश रोकाया
२०८२ पुस २० | मध्यान्ह १०:०९ बजे

बाजुरा, पुष २० । नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रीय समन्वय समितिको उपाध्यक्ष पदमा कविराज भण्डारी जिम्मेवारी पाएका छन । नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रीय समन्वय समितिको उपाध्यक्ष पद रिक्त भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तपाईलाई नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रीय समन्वय समितिको उपाध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।
नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउनु हुनेछ भन्ने विश्वास लिएको छ । तपाईंको मनोनयनले संघलाई थप उचाई प्राप्त गर्ने विश्वास लिदै कार्यकाल सफलताको शुभकामना दिएको नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रिय समन्वय समिति अध्यक्ष कुम्भ सहकारी देउवाले बताएका छन ।


















