राजनीति

हामी फेरि पनि गिरफ्तारी दिन तयार छाैं : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ पुस २० | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले आँफुहरु अमेरिकी आँतककारीकाे अत्याचार विरुद्ध, सार्वभौम राष्ट्रिय स्वतन्त्रताको लागि र भेनेजुएलाकाे पक्षमा गिरफ्तारी दिन तयार रहेको बताएका छन् । उनले भनेका छन् : `हामी फेरि पनि गिरफ्तारी दिन तयार छाैं ।

अमेरिकी आँतककारी विरुद्ध, राष्ट्रिय स्वतन्त्रताको लागि र भेनेजुएलाकाे पक्षमा उत्तरकाेरियालि सर्वोच्च नेता मार्शल किम जोङ उनले सन् २०२६ कै पहिलो न्युक्लियर मिसाइल ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्नु भएको छ, बधाई तथा निरन्तर सफलताको सुभकामना व्यक्त गर्दछौं । मलाई २०७४ सालमा गिरफ्तार गरि पाल्पा तानसेनकाे हिरासत कक्षमा बयान लिदै `सर्वोच्च नेता मार्शल किम जोङ उनलाई किन सलामी गरिस् ?´ भनेर मानसिक र भाैतिक यातना दिईएकाे थियो उहाँ मेरो सबैभन्दा ठूलो विगफ्यान हाे । साम्राज्यवादी उत्पिडन र अत्याचार विरुद्ध हामी फेरि पनि गिरफ्तारी दिन तयार भएका छाैं । जति बेला म विद्यार्थी संगठनकाे गुल्मी जिल्ला अध्यक्षकाे कार्यकाल सकेर फेरि पाल्पा जिल्लाकाे अध्यक्षकाे रुपमा कार्यरत थिए ।´

WhatsApp Image 2026 01 04 at 17.37.48

कमेन्टहरु