साउदी अरेबियासँग तनावका बिचमा यमनबाट युएईका सेना फर्काइयो

रासस
२०८२ पुस १९ | बिहान ०९:०९ बजे

यमन । संयुक्त अरब इमिरेट्स (युएई)को रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यमनबाट आफ्नो सशस्त्र सेना फिर्ता बोलाउने काम पूरा भएको बताएको छ । ‘यमनबाट युएई सशस्त्र सेनाको पूर्ण फिर्ता बोलाउने काम पूरा भएको छ। यो आतंकवाद विरोधी टोलीहरूको बाँकी कार्यहरू समाप्त गर्ने पहिले घोषणा गरिएको निर्णय अनुसार गरिएको थियो’ एउटा विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।
यसपछि, साउदी अरेबियाले यमनी सरकारको अनुरोधको पालना गर्दै युएईलाई २४ घण्टा भित्र आफ्ना सेना फिर्ता बोलाउन माग गरेको थियो । यस मागको जवाफमा युएईले सबै आरोपहरू अस्वीकार गर्दै आफ्ना सबै सेना फिर्ता बोलाउने घोषणा गर्यो ।


















