बहुबिबाह आरोपमा पक्राउ परेका डीएसपी पुर्पक्षका लागि कारागार चलान


बुटवल । रुपन्देही जिल्लामा बहुबिबाह आरोपमा जाहेरी परेपछि आफै उपस्थित भएका पुर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपाललाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका छन ।
जेठी श्रीमतीबाट एउटा मात्र छोरीको जन्म भएपछि जेठी श्रीमतीकै सहमतिमा अर्को विवाह गरेको स्विकारेका उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
उनी माथी नेपाल प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग छ । असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासबाट शुक्रबार उक्त आदेश आएको हो ।
बयानको क्रममा डीएसपी नेपालले दोस्रो विवाह गरेको स्वीकार गरेका छन् । जेठी श्रीमतीबाट एउटा मात्र छोरीको जन्म भएपछि जेठी श्रीमतीकै सहमतिमा अर्काे विवाह गरेको उनको दाबी छ ।























