नवलपुर प्रहरीद्वारा ९ बर्ष फरार ट्रक चालक पक्राउ


कावासोती, पुस १८ । पुर्वी नवलपरासीको कावासोतीमा ९ बर्ष अगाडि भएको सवारी दुर्घटनामा फरार रहेका ट्रक चालकलाई प्रहरीले पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ गरिएको छ ।
२०७४ साल मंसिर ६ गते कावासोती नगरपालिका- ११ लोकाह पुलस्थित पुर्व पश्चिम राजमार्ग खण्डमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकललाई ना ४ ख ८६२२ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक रोशन बहादुर ठाडा मगर र मोटरसाइकल पछाडी सवार रण बहादुर आले मगरको घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटना पश्चात् फरार रहेका ट्रक चालक पश्चिम नवलपरासी सुनवल नगरपालिका- ८ बस्ने बर्ष ३० को सुनिल सुनारलाई जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट खटिगएको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा निजकै घर ठेगानामा शुक्रवार (आज) पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
आरोपित सुनारलाई सम्मानित नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी सवारी ज्यान मुद्दा सम्बन्धीमा अनुशासन कार्य अगाडि बढाइएको गुरुङले बताए ।























