देश

टोकियो ओलम्पिक्स २०२० आज समापन

जगत ठाडा मगर
२०७८ साउन २४ | मध्यान्ह ०५:०४ बजे

एजेन्सी । टोकियो ओलम्पिक्सको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । अमेरिका र चीनको समान ३८ स्वर्ण पदक रहेको छ। तर रजत र कास्य पदकमा चीनभन्दा अमेरिका अघि छ । पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन् । भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ।

ओलम्पिक्सअन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए। एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ ।

टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ ।

कमेन्टहरु