मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराकी विनिता विक नेकपा समानुपातिक उम्मेदवारमा

उमेश रोकाया
२०८२ पुस १६ | मध्यान्ह ०९:०९ बजे

‎बाजुरा , पुष १६ । माओवादी जनयुद्धकी अगुवा हुदैँ राजनीतिमा होमिएकी बाजुराकी विनिता विक नेकपाको समानुपातिक उम्मेदवारमा रहेकी छन् । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा दलित महिलाबाट विकको नाम ३ नम्बरमा समावेश भएको हो । २०५५/५६ सालमा बाजुरामा जनयुद्धको बेला त्यसको अगुवाइ गरेकी विकको यात्रा संसद्सम्म तय भएको छ ।

‎उनको नाम जिल्ला हुदैँ प्रदेशबाट दलित महिलाबाट एकल रुपमा पेश भएको थियो भने अहिले पार्टीले पनि समानुपातिक बन्दसूचीमा समावेश गरेको हो । विकले बडीमालिका खबरसँग कुरा गर्दै भनिन्,“१० बर्षे जनयुद्धमा लाग्दा थुप्रै यातना भोगे, घाइते भए र जेलसम्म गए, यस्ता कर्यौ दुःख कष्ट झेल्दै राजनीतिमा प्रवेश गरेकी हुँ ।” उनी जनयुद्धपछि पार्टीको तल्लो तहमा रहेर सक्रिय रहिन् । त्यस्तै उनी कलाकार मञ्च, सैनिक मोर्चा, २०५९ सालमा दलित मुक्ती मोर्चाको केन्द्रीय सदस्य हुदैँ अहिले उपाध्यक्षको जिम्मेवारमा छन् ।

‎उनले लामो समय देखिको संघर्ष र तपस्याको सम्मान गर्दै जिल्लाबाट समानुपातिकमा एकल रुपमा सिफारिस गरेर अहिले बन्दसूचीमा पनि समावेश गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । त्यस्तै, उनलाई पार्टीले बन्दसूचीमा समावेश गरे पनि संसदसम्म पुग्छु भन्ने विश्वास भने छैन् । उनी भन्छिन्‌–“राजनीतिमा पावर र पहुँच चाहिन्छ तर त्यस्तो पहुँच त मेरो छैन, म लामो समय ज्यानको कुनै प्रवाह नगरी जनयुद्ध हुदैँ पार्टी निर्माणमा लागे ।” यस्तै उनले राज्यका हरेक निकायबाट दुर्गम बाजुराप्रतिको संकुचित दृष्टिप्रति चिन्तित हुदैँ राज्यले बाजुरालाई हेपेको छ ।

कमेन्टहरु