बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

राष्ट्रिय प्रसारण लाइन जडान हुँदा कोल्टी बजार वासी खुसी

उमेश रोकाया
२०८२ पुस १६ | मध्यान्ह ०५:०९ बजे

बाजुरा , पुष १६ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका -२ कोल्टी बजारमा राष्ट्रिय प्रसारण लाई जडान हुँदा बजार वासी खुसी भएका छन । विगतको समयमा पनि कोल्टी गाउँ नजिकै धानसागु खोला रहेकोे बड्ढीगाड लघु जलविद्युत आयोजना सञ्चालन हुँदै आएपनी दिगो नहुदा चिन्ताजनक थियौं । अहिले कोल्टी गाउँ सहित बजार राष्ट्रिय प्रसारण लाइन जडान कार्य धमाधम भैरहेको छ । बजार क्षेत्रमा केही ठाउँमा बिजुलि सञ्चालनमा ल्याइएका छन ।

अहिले कोल्टी बजार बिजुलि बत्तिले गर्दा झिल्ली मिल्ली देखिन्छ । प्रत्येक वर्ष बत्ती लागि रकम छुट्याउने गरेपनी साउन भदौ महिना वर्षाले गर्दा बिग्रेर महिनौंसम्म अध्यारो बस्नुपर्ने बाध्यता अहिले हटेको छ । अब कोल्टी बजार धेरै जसो बजार ब्यवसायी होटल पसलमा बिजुली प्रयोग गर्ने गरेका बजार व्यवसायी दिपक कार्कीले बताएका छन ।

‎नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रबाट बुढिनन्दा नगरपालिकाका कोल्टी गाउँ सहित बजार क्षेत्रमा  लाईन जडान कार्य तिव्र रूपमा चलिरहेको छ । केही बजार व्यवसायीहरुले बिजुली लाइन जडान गरेर प्रयोग ल्याउनका छन । हालसम्म कोल्टी गाउँ र बजार समेत गरेर ७० वटा ठाउँमा मिटर र बत्ति जडान संगै सञ्चालनमा ल्याएका बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले बताएका छन ।

‎राष्ट्रिय प्रसारण लाइन कोल्टी बजार क्षेत्रमा जडान भएपछि बुढिनन्दा नगरपालिका -२ को वडा कार्यालय बाट कुल मिटर लिनेकाे संख्या १ सय ४७ जना, फारम लिनेकाे संख्या १ सय ५० पुगेका छन ।भने काेल्टी बजार र गाउँ सहित ७० वटा ठाउँमा बत्ति प्रयोगमा ल्याएका छन । पाण्डुसैन क्षेत्रमा ८ मिटरकाे रकम बुझाइ सकेको जाेड्न गर्ने काम बाँकि रहेकाे नगरप्रमुख बोहराले बताउनुभयो ।

कमेन्टहरु