स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

एजेन्सी
२०८२ पुस १५ | मध्यान्ह १२:०९ बजे

अरागोन , पुस १५ । स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् । यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार सोमबार दिउँसो करिव १ बजे घटेको थियो ।


















