समाचार

सशस्त्र प्रहरीद्वारा १ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

देवराजा यादव
२०८२ पुस १५ | बिहान ११:०९ बजे

सुनसरी । सुनसरी जिल्ला कोशी गाऊँपालिका- ८ भण्टाबारीको पुर्बिटोलबाट सशस्त्र प्रहरीले अवैध घरेलुु मदिरा बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल सुरक्षा गुल्म हे. क्वा. हरीपुर सुनसरीबाट सशस्त्र प्रहरी नायाब निरीक्षक सबिन केसीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको ५ जनाको गस्ती टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीको पुर्बिटोलको नाका हुँदै भारत लैजादै गरेको अवस्थामा गएराती १५० लिटर मदिरा बरामद गरेको हो ।

५ वटा गेलिनमा लैजादै गरेको १५० लिटर तयारी घरेलु मदिरा बेलुका ६ बजेको समयमा बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डेयले बताउनुभयो ।

बरामद गरिएको मदिरा नेपाल प्रहरी, स्थानीय भद्रभलादमी बुद्दिजिबि, संचारकर्मी र स्थानीयबासीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

कमेन्टहरु