मुस्ताङमा सेनाको ‘हाई अल्टिच्युड’ तालिम शुरु, असोज १ गते समापन हुने

जगत ठाडा मगर
२०७८ साउन २४ | मध्यान्ह ०२:०४ बजे

मुस्ताङ । मुस्ताङको जोमसोममा नेपाली सेनाले ‘हाई अल्टिच्युड र माउन्टेन वारफेयर’ तालिम संचालन गरेको छ ।
आइतबारबाट उच्च शिखर शिक्षालयमा शुरु भएको तालिममा अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ५ जना सैनिक सहभागी छन् ।
मुस्ताङमा पहाडी युद्धकला, रक क्राफ्ट र आइस क्राफ्ट सम्बन्धी ज्ञान दिने उद्देश्यले संचालित तालिम आउने असोज १ गतेसम्म संचालन हुनेछ ।
तालिममा १६ जना नेपाली सेनाका अधिकृत र अन्य दर्जाका ६५ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महा सेना सुरेश हमालले तालिमको शुभारम्भ गरेका हुन् ।






















